Comments Add Comment

मोइनको दाबीमाथि छानविन रोकियो

८ असोज, काठमाडौं । अष्ट्रेलिया क्रिकेटले २०१५ को एसेजका क्रममा आफूलाई विपक्षी खेलाडीले ‘ओसामा’ भनेको मोइन अलीको दाबीबारे छानविन बन्द गरेको छ ।

उसले भनेको छ, कुनै प्रमाण भेटिएन ।

मोइनले आफ्नो बायोग्राफीमा अष्ट्रेलियाका एक खेलाडीले आफूलाई ओसामा भनेको उल्लेख गरेपछि अष्ट्रेलिया क्रिकेटले छानबिन थालेको थियो । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई पनि घटनाबारे अनुसन्धानका लागि आग्रह गरेको थियो ।

‘मोइनले यो विषयलाई अगाडि बढाउन चाहेनन् । हामीले पनि थप प्रमाण भेट्टाएनौं’ क्रिकेट अष्ट्रेलियाले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment