Comments Add Comment

मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड

८ असोज, काठमाडौं । मारुती सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ ।

योसँगै मारुती क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा विक्री वितरणको लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवम् ओपिसि सिमेन्ट -ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित कम्पनी बनेको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले भने, ‘यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तक वर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहन्छौं । साथै कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment