Comments Add Comment

एम्नेस्टीको अध्यक्षमा विक्रम ढुकुछु निर्वाचित

९ असोज, चितवन । एम्नेस्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा विक्रम ढुकुछु निर्वाचित भएका छन् । चितवनको टाँडीमा भएको अधिवेशनमा ढुकुछुले ८८ मत ल्याई विजयी बने । उनका प्रतिस्पर्धी उत्तम सापकोटाले ५० मत ल्याए ।

११ सदस्यीय बोर्डमा अध्यक्ष, कोषाध्यक्ष, ४ जना खुल्ला र ३ महिला सदस्यको लागि निर्वाचन भएको थियो । कोषाध्यक्षमा सुरेशचन्द्र उपाध्याय ७३ मत ल्याएर बिजयी भए भने उनका प्रतिस्पर्धी अशोक घिमिरेले ६४ मत ल्याए ।

यसअघि नै दुई युवा सदस्यमा बिपिन बुढाथोकी र समिक्षा कोइराला चयन भइसकेका थिए । कार्य समितिको पहिलो बैठकले उपाध्यक्ष, महासचिव र उपमहासचिव चयन गर्नेछ ।

अधिवेशनमा १३९ जनाले मताधिकारको प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment