Comments Add Comment

तनहुँ र नवलपुरमा गाडी दुर्घटना, २ को मृत्यु, २६ घाइते

९ असोज, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत दमौली-पोखरा सडकखण्डको म्याग्दे गाउँपालिका ४ मनहरीमा मिनी बस र माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

व्यास ४ कि ३५ वर्षकी सरस्वती कुँवर र पहिचान खुल्न नसकेकी अन्दाजी १९ वर्षकी एक युवतीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरुको दमौली र पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोटमा बिग्रिएर रोकिराखेको ट्रकमा बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । लु १ ख ६७५४ नम्बरको ट्रकमा लु २ च ३९६ नम्बरको बस मंगलबार बिहान ३ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी सुुनवल नगरपालिका ४ बस्ने २१ वर्षकी पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्गका ३५ बर्षका पदम बहादुर कुँवरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment