Comments Add Comment

प्रियंका र सुशिलको नृत्यसँगै ‘बादशाह जुट’को इन्डक्ल्याप

नायिका प्रियंका कार्की र नायकद्धय सुशिल श्रेष्ठ र आमिर गौतमलाई फिचरिङ गरिएको लोक शैलीको गीतको छायांकन गर्दै चलचित्र ‘बादशाह जुट’को इन्डक्ल्याप गरिएको छ ।

ललितपुरको श्रीकाली चौरमा यो गीतको छायांकन गरिएको हो । जोनी सिंह राणाको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन वैशाख १० गतेबाट सुरु भएको थियो । करिब २ महिना क्यामेरा अन भएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्रको छायांकन सकिएसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्रलाई पौषको १३ गतेबाट रिलिज गर्ने यसको निर्माणपक्षले जनाएको छ । चलचित्रका निर्माता भोजराज श्रेष्ठले दुई राजाको कथामा निर्माण भएको चलचित्रको छायांकनमा कुनै पनि कमी हुन नदिएको जानकारी दिए ।

चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतको मुख्य भूमिका छ । नायिका प्रियंका कार्कीले एउटा गीतमा नृत्य गरेकी छिन् । एच एन्ड बी फिल्मस् प्रालि र गोल्डेन ग्रेप्स फिल्मस्को ब्यानका निर्माण भएको यो चलचित्रमा राजकुमार उप्रेतीको एक्सन, कृष्ण भारद्धाज र विक्रम स्वारको कोरियोग्राफी, दिर्घ खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment