Comments Add Comment

टोखामा तीन किलो सुनसहित २ जना पक्राउ

९ असोज, काठमाडौं । काठमाडौं प्रहरी परिसरले टोखाबाट ३ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा गोसाईकुण्ड गाउँपालिका -१ घर भएका २४  वर्षीय नरबहादुर घले  र  २० वर्षीय पेम्वा तामाङ छन् । उनीहरुलाई टोखा रोडबाट पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए ।

त्यो सुन केरूङ नाकाबाट भित्र्याएको प्रहरीको भनाइ छ ।

‘टोखा रोडको साईवावा चोकमा बा ७३ प ३४०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्दा १२ टुक्रामा रहेको सुन बरामद भएको थियो’, लामाले भने । थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment