Comments Add Comment

टिकट बुकिङको तस्वीर: १० प्रतिशत बढेको दशैं !

९ असोज, काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ मंगलबारबाट खुलेको छ ।

मंगलबार बिहानैदेखि गोंगबुस्थित नयाँ बसपार्क टिकट किन्नेहरुको भिड लागेको छ । नयाँ बसपार्कका साथै गौशाला, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका क्षेत्रमा रहेका टिकट काउन्टरबाट पनि टिकट लिन सकिन्छ ।

विशेषगरी किशोर किशोरीहरु लाइन लागेर टिकट लिइरहेका छन् । रोजगारी, पढाइ, व्यवसाय लगायतको सिलसिलामा काठमाडौं बस्दै आएका धेरै मानिस दशैं, तिहार र छठ पर्वका लागि आफ्नो मूल थलो फर्किन्छन् ।

नेपालगञ्ज जानका लागि टिकट काटेका एक युवकले १० प्रतिशत भाडा महंगो भए पनि दशैंमा घर जाने टिकट पाउँदा खुसी लागेको बताए ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडी भाडा बढाउने सहमति जनाएपछि यातायात व्यवसायी महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

डिलक्स बसहरुले भने तोकिएको नयाँ भाडादरमा थप २० प्रतिशत लिन पाउने सहमति सरकारले गरेको छ ।

नयाँ बसपार्कमा प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ । कुनै समस्या आएमा यात्रुहरुले सहायता कक्षमा सम्पर्क राख्न सक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment