Comments Add Comment

दीपिकाको बदलिएको फिगर

नायिका दीपिका प्रसाइलाई चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक कार्यक्रममा देखेका पत्रकारहरु छक्क परे । किनकी, उनको फिगर बदलिइएको थियो ।

चलचित्र ‘ऐश्वर्य’मा काम गर्दा दीपिका स्लिम थिइन् । उनको फिगरको प्रशंसक पनि धेरै थिए । तर, दोश्रो चलचित्रसम्म आइपुग्दा उनी मोटाएकी छिन् ।

दीपिका निकट चलचित्रकर्मीका अनुसार, उनी खानाको पारखी हुन् । यसैले पनि उनले आफ्नो फिगरलाई कन्ट्रोल गर्न सकेकी छैनन् । पहिलो चलचित्रबाट नै आशा देखाएकी दीपिका दोश्रो चलचित्रका लागि खुलेर प्रचारमा लाग्न नसकेको टिप्पणी पनि गरिन्छ ।

दीपिकाले भने आफूलाई दुबै चलचित्रमा ४० कटेका हिरो फापेको भन्दै तेश्रो प्रोजेक्टमा कुन उमेरका हिरो हुन्छन् भन्ने प्रतिक्षा गर्न आग्रह गर्छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment