Comments Add Comment

बार काउन्सिलमा महतो र कार्की मनोनित

९ असोज, काठमाडौं । नेपालबार एशोसिएसनले नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) को सदस्यमा वरिष्ठ अधिवक्ता अनिरुद्र महतो र अधिवक्ता केदार कार्कीलाई मनोनित गरेको छ ।

नेपाल बार एशोसिएसनका सचिव ईन्द्र अधिकारीले नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को व्यवस्था बमोजिम दुई वर्षे कार्यकालका लागि महतो र कार्कीलाई मनोनित गरिएको जानकारी दिए ।

महतो रौतहटका कानुन व्यवसायी हुन् भने कार्की काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको दुई कार्यकाल अध्यक्ष र नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै लामो सययदेखि कानुन व्यवसायमा सक्रिय छन् ।

महान्यायाधिवक्ता पदेन अध्यक्ष, नेपाल बार एशोसिएसनको अध्यक्ष पदेन उपाध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार र त्रिवि कानुन संकायको डीन पदेन पार्षद् (सदस्य) रहने परिषदमा पाँच जना पार्षद् निर्वाचित भएर आउने र दुई जना पार्षद् दुई वर्षे कार्यावधिका लागि मनोनित हुने व्यवस्था छ ।

परिषदमा ११ पार्षद् हुन्छन् । निर्वाचित र मनोनित हुने पार्षद् कम्तिमा १० वर्ष कानुन व्यवसायको काम गरिसकेको व्यवसायीक अनुभवप्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता हुनुपर्ने व्यवस्था छ ।

कानुन व्यवसायीहरुको हकहितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र व्यवस्था गर्न नेपाल कानुन व्यवसायी परिषद स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment