Comments Add Comment

फूलपातिमा रिलिज घोषणा गर्दै ‘जय भोले’को फस्टलुक रिलिज

अन्ततः यस बर्षको दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने संभावना प्रवल थियो ।

तर, दुबै चलचित्रका निर्माताको लामो समयको छलफलपश्चात भिडन्त टरेको हो । चलचित्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ । अब, चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ ।

असोज ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

‘छक्का पन्जा ३ र जय भोले’ एकै दिनमा ल्याउने खेल चलिरहेका कारण यी दुबै चलचित्रले प्रदर्शन मिति तय गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment