Comments Add Comment

प्रियंका र प्रमोदको केमेष्ट्रीः ‘सुन्तलीदेखि कथा काठमाण्डु’सम्म

कलाकार प्रमोद अग्रहरि चलचित्र ‘कथा काठमाण्डु’को प्रचारमा नायिका प्रियंका कार्की नहिड्दा एक्लै भए । सो समयमा उनले नायिकालाई खुबै मिस गरेका थिए । नायिका कार्की पनि थप्छिन्-‘उसले त मलाई हरेक समय मिस गर्छ ।’

चलचित्र ‘कथा काठमाण्डु’मा यी दुइको केमेष्ट्रीलाई लिएर आलोचना र प्रशंसा दुबै भयो । यी दुइको अन्तरंग दृश्यले हंगामा नै मच्चायो । यो चलचित्रमा प्रियंका र प्रमोद लिभिङ टूगेदरमा बसेका प्रेमी-प्रेमिकाको भूमिकामा छन् । जसमा, प्रमोदको हिंसाको शिकार प्रियंका बनेकी छिन् ।

तर, चलचित्रको पर्दामा प्रमोदले प्रियंकालाई पहिलो पटक यसरी दुव्र्यवहार गरेका होइनन् । नायिका कार्की भन्छिन्-‘चलचित्र ‘सुन्तली’मा पनि उसले मलाई दुव्र्यवहार गरेको थियो । यसमा घरेलु हिंसाको शिकार बनाएको छ ।’

यी दुबै कलाकार चलचित्रमा समावेश अन्तरंग दृश्य, प्रचारका लागि मात्र आफूहरुले नदिएको बताउँछन् । यो चलचित्र हेरिसकेपछि त्यो दृश्यको अर्थ दर्शकले वुझ्न प्रमोदले बताए । दृश्यका लागि आफूहरुले कथा सुनेपछि नै माइन्ड मेकअप बनाएको दुइले सुनाएका छन् ।

असोज १२ गतेबाट रिलिज हुने चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् भने विजय राई चलचित्रका निर्माता हुन् ।

 

‘कथा काठमाण्डु’को माध्यमबाट मैले गेम चेन्ज गर्न खोजेकी हुँः प्रियंका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment