Comments Add Comment

‘बलात्कारी मानसिकता’ कस्तो व्यक्तिमा हुन्छ ?

पछिल्लो समय बलत्कारका घटना वाहिर आइरहेका छन् । धेरैलाई थाहा नहुन सक्छ, बलत्कारको मानसिक कारण पनि हुन्छन् । यस्ता विभिन्न मानसिक रोगी हुन्छन्, जसको दिमागमै बलत्कार हुन्छ ।

कसमा हुन्छ ?

बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ ।

मानसिक समस्या एका मानिसमा यौनको लत हुन्छ । उनीहरुमा उत्कट यौन चाहना हुन्छ । त्यस्ता मानिसहरु कहिल्यै पनि सन्तुष्ट हुदैनन् । उनीहरुको दिमागले जहिल्यै यौनको विषयमात्र सोचिरहेको हुन्छ ।

यस्ता खालका मानिसले बलत्कार पनि गर्न सक्छन् । ठूलालाई नसकेपछि बच्चाहरुलाई पनि बलत्कार गरेर यौन प्यास मेटाउन सक्छन् । यस्तो चाहना या लत केटा-केटी दुवैमा हुन्छ । हामीले बेलाबेलामा बालबालिकालााई बलत्कार गरेका घटना पनि सुनिरहेका हुन्छौँ । यसमा पनि मानसिक कारणले पनि भूमिका खेलेको हुन सक्छ ।

गोपाल ढकाल

मेनिया

मेनिया एक प्रकारको मानसिक रोग हो । यस्ता मानिसमा जुनसकै कुराको अधिक चाहना हुन्छ । यस्ता मानिसहरु आवेग र उत्तेजनामा आउने गर्छन् ।

यस्ता मानिसहरु अत्यन्तै चम्काउला, सेक्स चाहना व्यक्त गर्नेखालका हुन्छन् । डिप्रेशनमा गएका मानिसमा यौन चाहना कम हुन्छ भने मेनियाले ग्रस्त मानिसमा अत्याधिक हुने गर्छ । यस्ता मानिस बलत्कार गर्न पनि पछि पर्दैनन् ।

पिडोफेलिया

पीडोफेलिया अर्को मानसिक समस्या हो । यस्ता मानसिक समस्या भएका मानिसले यौन प्यास मेटाउनका लागि वालवालिकालाई प्रयोग गर्छन् । यस्ता मानिसले बालबालिकालाई यौन दुव्र्यवहार गर्ने, बालबालिकासँग बढी नजिक हुने जस्ता व्यवहार देखाउँछन् । यस्ता मानिसले बालबालिकालाई बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

साइको सेक्सुअल डिसअर्डर

साइको सेक्सुअल डिसअर्डरमा धेरै रोगहरु पर्छन । त्यसमध्येको एउटा रोग यस्तो हुन्छ जसले घर्षण गरेर यौन प्यास मेटाउने गर्छन् ।

यस्ता मानिसले बढी यौन दुव्र्यवहार गर्छन् । यस्ता मानिसले आफ्नो यौनागं देखाउने, बाटोमा पनि घर्षण गर्ने, घर्षणको लागि विपरित लिंगीलाई प्रयोग गर्ने जस्ता हतकण्डा अपनाउँछन् । यस्तो प्रकारको मानसिक समस्या भएका मानिसले बलत्कार गर्न पनि सक्छन् ।

डिमेन्सीया

डिमेन्सीयाको समस्या प्रौढलाई हुने गर्छ । यस्ता मसस्या भएका मानिसको मस्तिस्कले गरिरहेको काम ठिक वा वेठिक भन्ने छुट्याउन सक्दैन  ।

यस्तो समस्या भएका प्रौढले बालबालिकासँग शारिरिक सम्पर्क राख्न खोज्छन् । कहिलेकाँही आफ्नै नातीनातिनासँग यौन सम्पर्क गरेका कुरा सुनिरहेका हुन्छौँ । यस्तो घटनामा डिमेन्सीयाले पनि काम गरेको हुन सक्छ । यस्ता मानिसले आफ्नै घरका बच्चाहरुलाई यौनाअंग चलाउन भन्ने, यौन दुव्र्यवहार गर्ने जस्ता तुच्छ गतिविधिसमेत गर्छन् ।

जाड रक्सी

कति मानिसमा जाड रक्सीको लत हुन्छ । यसमा पनि  माानशकि समस्याले भूमिका खेलेको हुन्छ । कुलतमा फँसेका मानिसको सोच्ने क्षमता कमजोर भएर जान्छ । यस्ता मानिसले नशाको आवेगमा बलत्कार गर्न पनि सक्छन् । त्यसैले यस्ता मानिससँग जोगिन आवश्यक हुन्छ  ।

अन्य केही

– कतिपय मनिसले अरुलाई दुख दिएर, पिटेर जवरजस्ती गरेर यौन प्यास मेटाउने गर्छन् । यो अर्को मानसिक समस्या हो । यस्तो समस्या भएका मानिसले प्राय जवरजस्ती यौन सम्बन्ध राख्न खोज्छन् । यस्ता मानिसले बलत्कार गर्ने अत्याधिक सम्भावना हुन्छ ।

– कतिपय मानिसहरुले यौन सम्पर्क गर्दैनन्, तर हेरेर आनन्द लिने गर्छन् । यस्ता मानिसले पनि यौन दूर्व्यवहार गर्छन् । कतिपय अवस्थामा बलत्कार नै गर्न सक्छन् ।

– यौन सम्पर्कको लागि अप्राकृतिक सम्बन्धको साहारा लिने मानिसहरु पनि हुन्छन् । यो पनि एउटा मानसिक समस्या हो । यस्ता मानिसहरु जनावरसँग यौन सम्पर्क राख्ने, बालबालिकालाई प्रयोग गर्ने, यौनअंगभन्दा अरु ठाउँमा सम्पर्क गर्न खोज्ने जस्ता गतिविधि गर्छन् । यस्ता मानिसले मानसिकता नै अपराधि हुन्छ । यौन मात्र नभएर अरु पनि अपराध गर्छन् ।

के उपचार सम्भव छ ?

यस्ता रोग जन्मजात  भएर पछि लाग्ने गर्छ । त्यसैले यी सबै रोगको उपचार सम्भव छ । कतिपय समस्याका उपचार अलि जटिल पनि हुन्छ । एक दुई वटा मात्र जन्मजात समस्या हुन्छन् । जसको उपचार निकै जटिल हुन्छ । तर, उपचार नै हुँदैन भन्ने चाही  होइन । यस्ता रोगको उपचार नेपालमा पनि सम्भव छ ।

कसरी बच्ने ?

यस्तो समस्याबारे परिवारको आफ्नै सदस्यबारे पनि सचेत  हुन जरुरी हुन्छ । कसैसँग व्यवहार गर्दा र सडकमा हिड्दा पनि ख्याल गर्नुपर्ने हुन्छ । मानिसले गर्ने गतिविधि सामान्य हो वा दुव्र्यवहार हो भनी बुझेर मात्र प्रतिक्रिया जनाउनुपर्छ । यस्ता  मानसिक समस्या भएका मानिस नेपालमा मात्र नभएर संसारभर नै हुने गर्छन् । त्यसैले सबैभन्दा पहिले आफु नै सुरक्षित रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment