Comments Add Comment

चितवनको रत्ननगरमा फ्री वाइफाइ सेवा सुरु

९ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले विभिन्न स्थानमा मंगलबारदेखि फ्री वाइफाइ सेवा सञ्चालन गरेको छ ।

रत्ननगर नगरपालिकाले रत्ननगर-११ स्थित कृष्णप्रणामी मन्दिरको भवनमा एक कार्यक्रमको आयोजना गरी निःशुल्क वाइफाइ सञ्चालनमा ल्याएको हो ।

सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन नगरपालिकाले नगर भित्रका मुख्य बजारहरुमा निःशुल्क वाइफाइ जडान गरेको छ ।

नगरपालिकाले टाँडीचोक, सौराहाचोक, कृष्णप्रणामी मन्दिर, बसपार्कलगायतका स्थानमा निःशुल्क वाइफाइ जडान गरेको नगरपालिकाका आईटी अधिकृत रवी तिवारीले जानकारी दिए । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्ड नेटवर्कसँग नगरपालिकाले सहकार्य गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नेकपाका स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्न प्रयास गरेको भन्दै प्रशंसा गरे ।

उनले मानवले हरेक कुरा इन्टरनेटबाट सिक्न सक्ने भन्दै बालबालिकाका लागि फ्री वाइफाइले ठूलो मद्दत पुग्ने बताए ।

नगरप्रमुख नारायण वनले प्रविधिमैत्री नगरपालिका बनाउन सकिने बताउँदै अन्य स्थानमा पनि निःशुल्क वाइफाइ जडानको प्रक्रियामा अघि बढेको जानकारी दिए ।

कार्यक्रममा मेयर वनले नगरपालिकालाई पेपरलेन बनाउने क्रममा रहेको भन्दै नक्सापास,व्यक्तिगत घटनादर्ता,मोवाइल एप्ससंगै फ्री वाइफाइ सेवा सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment