Comments Add Comment

कर्ण लिम्बु हिमालयन शेर्पामा आबद्ध

९ असोज, काठमाडौं । घरेलु लिगमासफल स्ट्राइकर कर्ण लिम्बु हिमालयन शेर्पा क्लबमा आबद्ध भएका छन् ।

हिमालयन शेर्पा क्लबले शहीद स्मारक ए डिभिज लिग फुटबलका लागि मंगलबार लिम्बुलाई आफ्नो टिममा अनुबन्धित गरेको हो । झापा ११ लाई थुप्रै प्रतियोगिताको उपाधि दिलाएका कर्ण घरेलु लिगमा गोल मेसिनको उपनामले पनि परिचित छन् ।

हिमालयन शेर्पा क्लबका कार्यबाहक अध्यक्ष बोम्बु दोर्जे शेर्पाले कर्णलाई आफ्नो टिममा अनुबन्धित गरेको जानकारी दिए । तर कर्ण कति रकममा अनुबन्धित भए भन्ने खुलाइएको छैन ।

२०७० मा भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कर्णले मछिन्द्र क्लबबाट खेलेका थिए । त्यसबेला कर्ण सर्वाधिक गोलकर्ता बनेका थिए । उनले ११ गोल गरेका थिए ।

करिब ४ वर्षपछि यही असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment