Comments Add Comment

विश्व साइकल यात्री पुस्कर शाह नेपाल फेस्टिवलको सद्भावना दूत

अष्ट्रेलिया/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको राष्ट्रिय कार्यक्रम ‘नेपाल फेस्टिवल‘ को सद्भावना दूत विश्व साइकल यात्री तथा लेखक पुस्कर शाहलाई नियुक्त गरिने भएको छ ।

यही सेप्टेम्बर २३ तारिखका दिन अध्यक्ष तोनु घोतानेको अध्यक्षतामा बसेको एनआरएनए, अस्ट्रेलियाको बैठकले उनलाई सदभावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले अस्ट्रेलियामा भएको सुख्खा र खडेरीबाट पीडित किसानलार्इ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै अर्थ संकलन आगामी नोभेम्बरसम्म जारी राख्ने र स्थानीय वालगेट काउन्सिलको सहकार्यमा एक दिवसीय नेपाली खाना खुवाउने कार्यक्रम सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

संस्थाको विधिवध फेडेरल लेभलमा दर्ता गर्ने र नयाँ विधान पारित गर्नका लागि आवश्यक तयारी पश्चात विशेष साधारण सभा बोलाउने अधिकार अध्यक्षलाइ दिने निर्णयसमेत बैठकलेगरेको छ ।

संस्थाले आफ्ना सबै सदस्यहरुलार्इ बिधिबत परिचय पत्र अस्ट्रेलिया भर नै बाँड्ने काम गरेको भन्दै सदस्यहरु लाई के कसरी विभिन्न फाइदा, सहुलियत र महत्व थप गर्दै जान सकिन्छ भनेर अध्यन गरी कार्यबिधि र सम्झौता पत्र निर्माण गर्न संस्थाका उपाध्यक्ष अशोक के।सीको नेतृत्वमा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment