Comments Add Comment

प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

९ असोज, काठमाडौं । आगामी १८ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी सम्मेलन हुने भएको छ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन (डिन), कोलम्बो प्लान स्टाफ कलेज मनिला र सिटिईभिटिको संयुक्त आयोजनामा उक्त सम्मेलन हुने भएको हो ।

अर्थसामाजिक विकासमा प्राविधिक एवं व्यवासयिक शिक्षाको महत्वबारे बृहत छलफल हुने उक्त सम्मेलन दुई दिनसम्म चल्ने बताइएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर डिनले शिक्षा, श्रम र उद्योगबीचको अन्र्तसम्बन्धलाई केलाउँदै सरकारको ५ बर्षभित्र ५ लाख दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य पुरा गर्न सम्मेलन केन्द्रित हुने जानकारी दिएको हो ।

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले राष्ट्रिय, क्षेत्रिय मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनीधित्व कायम गर्दै गुणस्तरीय विकासका लागी सम्बन्ध विस्तार हुने डिनका अध्यक्ष कामेश्वर प्रसादसिंहले जानकारी दिए ।

सम्मेलनमा २० देशको अनुभव अदान प्रदान सहित विभिन्न विषयमा २५ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मेलनमा २० मुलुकका ५० जना विज्ञ सहित ५०० सय भन्दा बढिले सहभागिता जनाउदै छन् । सम्मेलनवाट आएका निचोडहरु समेटी डिनले काठमाण्डौं घोषणा पत्र समेत जारी गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा डिनका अध्यक्ष सिंह सहित महासचिव जिवन घिमिरे, सिटीईभिटीका निर्देशक टेक बहादुर मल्ल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह लगायतको सहभागिता रहेको थियो । सम्मेलनलाई पशुपति आईरन एण्ड स्टिल प्रा.लि र मानश्री ट्रेडिङ प्रा.लि.ले प्रायोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment