Comments Add Comment

प्रदेशलाई अधिकार नदिएर लोकतन्त्र बलियो हुँदैन : उपेन्द्र यादव

९ असोज, विराटनगर । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार र स्रोत साधनविहीन बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

संघीय समाजवादी फोरमको प्रदेश १ स्तरीय भेलालाई मंगलबार विराटनगरमा संबोधन गर्दै यादवले संविधान संशोधन गरेर भए पनि प्रदेशलाई अधिकार दिनुपर्ने बताए । ‘संविधानमा उल्लेखित प्रादेशिक संरचनाको जंगमा टेकेर प्रदेशलाई अधिकार सम्पन्न गर्न सकिएन भने लोकतन्त्र मजबुत हुदैन, तसर्थ संविधान संसोधन गरेर भए पनि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्छ’ मन्त्री यादवले भने ।

उनले प्रदेशलाई अधिकार र स्रोत साधन सम्पन्न बनाएमा मात्र संघीयता दिगो हुने बताए । उनले स्थानीय तहहरुलाई पनि प्रदेश मातहत राख्नुपर्ने पनि धारणा राखे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले प्रदेशहरुलाई बलियो बनाउन नचाहेको बताए । उनले आफूहरुले प्रदेशको अधिकार माग्दा पनि संघीय सरकारले बेवास्ता गरेको गुनासो गरे ।

उनले भने ‘हामी सातै प्रदेशका मुख्यमन्त्रीहरुले हामीलाई अधिकार दिनुपर्छ भनेका मात्र के थियौं, संघीय सरकारले हाम्रो मागलाई सम्बोधन गर्नुको सट्टा अधिकार माग्दा उल्टै बैरी ठान्यो ।’

मुख्यमन्त्री राउतले प्रदेशलाई अधिकार दिने विषयमा प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु अहिले पनि मानसिक रुपमा तयार नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment