Comments Add Comment

राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो

९ असोज, काठमाडौं ।राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ ।

सिंहदरवारमा मंगलबार बसेको समिति बैठकमा सांसदहरुले महिला हिंसाका घटना बढेको भन्दै गृहमन्त्रीसँगै छलफल गर्नुपर्ने माग गरेका थिए । बैठकले महिला हिंसा र समग्र शान्ति सुरक्षाका सन्दर्भमा छलफल गर्नका लागि गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको सचिव सुर्दशन खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment