Comments Add Comment

रियल मड्रिडले अमेरिकामा नखेल्न पाउँछः ला लिगा

काठमाडौं । युरोपियन च्याम्पियन रियल मड्रिडले ला लिगाका खेल अमेरिकामा नखेल्न पनि पाउने भएको छ ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिना पेरेजले अमेरिकामा खेल्ने योजना ठाडै अस्वीकार गरेपछि ला लिगाको प्रतिक्रिया आएको हो । लिगका अध्यक्ष जाभियर ताबाजले भने, ‘यो बाध्यकारी होइन ।’

‘यदि रियल मड्रिड जान चाहँदैन भने नआओस्’ उनले अघि भने, ‘कुनै समस्या छैन । यो स्वेच्छिक हो । बार्सिलोनासहित केही क्लब जान पनि इच्छुक छन् । त्यसैले मैले कुनै समस्या देखेको छैन ।’

ला लिगाले अमेरिकी मिडिया कम्पनीसँग लिगको एक खेल अमेरिकामा खेलाउने सहमति गरेको छ । तर, यसको स्पेनिस फुटबल महासंघ र खेलाडी संघ दुबैले आलोचना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment