Comments Add Comment

अक्फोर्डमाथि म्यान्चेस्टर सिटीको सहज जित

१० असोज, काठमाडौं । म्यानचेस्टर सिटी अक्फोर्ड युनाइटेडलाई पराजित गर्दै काराबाओ कप (इएफएल) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति तेस्रो चरणको खेलमा अक्फोर्डलाई सिटीले ३-० गोलको सहज जित निकाल्दै चौथो चरणमा पुगेको हो । सिटीलाई जित दिलाउन ग्राबियल जिसस, रियाद महरेज र फिल फोडेनले गोल गरे ।

पहिलो हाफको ३६ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

खेलको ७८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३-० गोलको जित दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment