Comments Add Comment

अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य

विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले २०१८ फेब्रुअरीमा प्रकाशन गरेको तथ्याङ्क अनुसार हरेक बर्ष ५ करोड ६० लाख महिलाहरुले गर्भपतन गर्छन, जुन कुल गर्भको २५ प्रतिसत हुन्छ ।

विश्व स्वस्थ्य संघले गर्भपतनका कारण करिब ८० लाख महिलाहरुको ज्यान जोखिममा रहने गरेको र २ करोड ५० लाख महिलाहरुले असुरक्षित गर्भपतन रोज्ने गरेको तथ्याङ्क सार्वजानिक गर्दै गर्दा नेपालमा ‘आजको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य’ नाराका साथ चौथौ राष्ट्रिय २६ सेप्टेम्बर अर्थात असोज ९ गते मनाउदै छौ ।

असुरक्षित गर्भपतनले गर्भपतन राम्ररी नहुने जसका कारण अत्याधिक रक्तश्राव हुने सम्भावना हुन्छ । अत्याधिक रक्तश्रावका कारण महिलाको मृत्यु समेत हुनृ गरेको पाईन्छ । त्यस्तै असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनअङ्गहरु नै बिगि्रने हुन सक्छ ।

यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दिर्धकालिनरुपमा बाझोपन हुन सक्ने सम्भावना रहन्छ । असुरक्षित गर्भपतनका कारणले पाठेघरमा संक्रमण हुने र बेलैमा संक्रमणलाई नियन्त्रण गर्न नसकेको अवस्थामा महिलाको ज्यान जाने खतरा रहन्छ । त्यसैले असुरक्षित गर्भपतन रोक्नु आवस्यक रहेकाले यस बर्षको नारा आजको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य’ दिएको हुनु पर्छ ।

डा. वालकृष्ण शाह

असुरक्षित गर्भपतनको अन्त्य कसरी गर्ने ?

मानिसको आवश्यक्ता बढ्दो छ । गास, बास र कपासमा मात्र हामी सिमित रहदैनौ । गास, बास र कपास संगै ‘सहवास’ पनि आजको आवश्यक्ता हो । अनि सहवास पछि त गर्भ स्वभाविक हो । तर गर्भ आवश्यक्ता नहुन सक्छ र गर्भपतन रोज्नु पर्ने हुन सक्छ ।

गर्भपतन रोक्नलाई सहवासलाई प्रतिबन्धित गर्न सकिन्न र व्यवहारिक पनि हुन्न । तर गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ । गर्भपतन र यसका जटिल्ता कम गर्न सबै भन्दा उत्तम उपाय परिवार नियोजनका साधनको प्रयोग नै हो भन्दा फरक नपर्ला ।

परिवार नियोजनका साधन

परिवार नियोजनका साधनले गर्भ रहन नदिने भएकोले गर्भपतन रोज्नुपर्ने बाध्यतालाई अन्त गरिदिन्छ । आवश्यक परामर्श लिएर आफुलाई मनपरेको प्रभावकारी परिवार नियोजनका साधन प्रयोग गर्नु बुद्धिमानी साबित हुन्छ । अहिले बजारमा आकस्मिक गर्भनिरोधक चक्कि पनि उपलब्ध हुने भएकोले संयोगबस रहन गएको असुरक्षित यौनसम्पर्क पछि पनि गर्भ रोक्न सकिने भएकाले अलिक सजिलो पक्कै भएको हुनु पर्छ ।

सुरक्षित गर्भपतन सेवा

असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को बिकल्प हुन सक्छ । गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा शुरु गरिएको पनि १५ बर्ष बितिसक्यो । गर्भपतनले कानुनी मान्यता पाएपछि लुकिछिपी, असुरक्षित स्थानमा र अयोग्य व्यक्तीबाट गर्भपतन गराउनु पर्ने बाध्यतालाई अन्त्य गरेको छ ।

नेपालको ७५ वटै जिल्लामा १ हजार १ सय २४ वटा सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको २०७३/७४ को तथ्याङ्कले देखाएको छ । सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन -एम.भि.ए.) अर्थात प्लाष्टिकमा क्यालुनाद्धारा खाली पारिएको सिरिन्जको मद्दले गरिने गर्भपतन सेवा संगसंगै एम.ए. अर्थात मेडिकल एर्बोसन (औषधिद्धारा गरिने गर्भपतन) दुवै किसिमका सेवा सुचारु छन् ।

यी दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन् । गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पुरा गर्नु पर्ने हुन्छ ।

चिकित्सक र संस्था सुचिकृति हुनैपर्छ

गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सुचिकृत हुनु पर्छ । गर्भपतन सेवाका लागि सुचिकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । राम्रो कुरा के भने, यस्ता सुचिकृत संस्थामा सुचिकृत अर्थात तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनका समस्याका कारण हाल सम्म एक महिलाको पनि मृत्यु भएको छैन भने एक प्रतिशत भन्दा पनि कममा मात्र केहि समस्या आउने गरेको तथ्याङ्कहरुले देखाएको छ ।

यसका साथै सुरक्षित यौनव्यबहार गर्ने, किशोर अवस्थामा यौन क्रियाक्लापबाट टाढा बस्ने तथा कम उमेरमा विवाह नगर्ने जस्ता गतिबिधिले पनि असुरक्षित गर्भपतनलाई रोक्न मद्दत गर्छ ।

लेखक मोरङ्ग सहकारी अस्पताल बिराटनगरका प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment