Comments Add Comment

ट्रकको ठक्करबाट रूपन्देहीमा युवतीको मृत्यु

१० असोज, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडकखण्डको शंकरनगरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ७३४९ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा७५प ४९२७ नम्बरको मोटरसाइकललाई शंकरनगर चोकमा ठक्कर दिंदा मोटरसाइकलमा सवार बुटवल ११ बस्ने २० वर्षीया अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते श्रेष्ठको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पत्ताल बुटवलमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मोटरसाइकल चालक पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय पुकार शाहीको लुम्बिनी अञ्चल अस्पत्तालमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक, ट्रक चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment