Comments Add Comment

अभिषेकको आलो घाउमा ट्रोलरले छरे नूनचुक

बलिउड अभिनेता अभिषेक बच्चनले दुई वर्षको अन्तरालपछि ‘मनमर्जिया’ बाट कमब्याक गरे । तर, यो फिल्मले उनलाई राहत दिन सकेन । फिल्मलाई समिक्षकहरुले ठिकै भनेका थिए, तर दर्शकहरुले मन पराएनन् । फलस्वरुप फिल्मले लगानी उठाउन असमर्थ बनेको छ । पहिलो सातामा औसत ब्यापार गरे पनि दोस्रो सातामा फिल्म पत्तासाफ भएको थियो ।

फिल्म फ्लप भएको चोटमा रहेका अभिषेकलाई सामाजिक सञ्जालमा एक जनाले बेस्सरी उडाए । डा हर्षवर्द्धन काले नामका व्यक्तिले लेखेका थिए, ‘अभिषेक साँच्चै महान छन्, जो राम्रो फिल्मलाई पनि फ्लप बनाइदिने क्षमता राख्छन् । यस्तो क्षमता जोकोहीमा हुँदैन ।

त्यसपछि उनले लेखे, ‘अब बलिउडमा परिवारवादलाई अन्त्य गर्नुपर्छ । स्टारकिड्सहरु पानीपुरी बेच्न थाले हुन्छ ।’ यो स्टाटसले अभिषेकलाई आलो घाउमा नूनचुक छरेजस्तो भयो । तर, उनले संयमित भएर जवाफ दिए ।
अभिषेकले लेखे, ‘तपाईं जस्तो डाक्टरले सही तथ्य र तथ्यांकमा आधारित भएर लेख्नुपथ्र्यो । जसरी तपाईंले बिरामी हेर्दा उसलाई राम्ररी परिक्षण गरेर मात्रै औषधि लेख्नुहुन्छ । जहाँसम्म पानी पुरी बेच्ने कुरा छ, यो कुनै तल्लो स्तरको काम होइन । हामीले हरेक कामलाई सम्मान गर्न सिक्नु पर्छ । तपाईंको पेशा तपाईंका लागि ठूलो मेरो पेशा मेरो लागि ।’

अभिषेक बच्चन र तापसी पन्नुको प्रमुख भूमिका रहेको ‘मनमर्जिया’ ले अहिलेसम्म २४ करोड मात्र कमाएको छ । फिल्मको निर्देशन अनुराग कश्यपले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment