Comments Add Comment

गुल्मीका मेडिकल मापदण्ड विपरीत सञ्चालन, बिशेषज्ञ डाक्टर ल्याउन रोक

११ असोज, गुल्मी । गुल्मीमा रहेका मेडिकलहरुले बिशेषज्ञ डाक्टर बोलाएर उपचार गर्न नपाउने भएका छन् ।

सदरमुकाम तम्घासमा रहेका केही मेडिकलहरुले डाक्टर बोलाउने र बिरामीलाई चाहिने भन्दा अनाबश्यक औषधि भिराएर दुःख दिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले डाक्टर ल्याउन रोक लगाएको हो ।

औषधि ब्यवस्था विभाग काठमाडौबाट आएका विज्ञ दुईजनासहितको टोली, जिल्लाका औषधि ब्यवसायी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र गुल्मी उद्योग बाणिज्य संघ, नागरिक समाजसहितको टोलीले १९ वटा मेडिकलमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनपछि अनुमति नलिइ अवैध रुपमा सञ्चालनमा खुलेका मेडिकलहरुलाई डाक्टरहरु ल्याएर उपचार गर्न प्रतिबन्ध लगाइएको हो ।

जिल्लामा सञ्चालनमा रहेका मेडिकलहरुले मापदण्ड पूरा नगरी डाक्टरहरु ल्याउने गरेकाले त्यस्ता मेडिकलहरुलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

स्वास्थ्य जस्तो शंवेदनशील क्षेत्रमा चरम लापरबाही भएको लगायतका गुनासाहरु आएपछि गोप्य र सुक्ष्म ढंगसँग अध्ययन गरी केही मेडिकलहरु स्वीकृति नै नलिइ अवैध रुपमा सञ्चालनमा आएको पाइएपछि सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अनुगमनको क्रममा केही मेडिकल नवीकरण नै नगरिएको र कतिपय मेडिकलमा बेच्न निषेध गरिएका औषधिसमेत बेच्ने गरेको भेटाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

अनुगमनका क्रममा कतिपय मेडिकलहरुले बिक्री गरेको औषधिको बिलमा ब्याच नम्वर नराख्ने गरेको पाइएको पौडेलले बताए ।

अनुगमन टोलीले रिडी बजारमा पनि चार वटा मेडिकलमा अनुगमन गरेर एउटा हलले नवीकरण नै नगरी मेडिकल सञ्चालन गर्दै आएको र अर्को एउटा मेडिकलले अनुमति नै नलिइ अवैध रुपमा सञ्चालन गर्दै आएकोले ती दुईलाई पनि क्लिनिक सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment