Comments Add Comment

अन्तरिक्षको फोहोर बटुल्न आकाशे जाल

बेलायतको एक स्याटेलाइटले पृथ्वीकाे कक्षमा एउटा जाल बिछाएको छ । उक्त जालोले अन्तरीक्षमा रहेका फोहोरलाई बटुल्नेछ ।

परीक्षणका रुपमा सुरु भएको यो प्रयास अन्तरिक्षलाई फोहोरमुक्त बनाउने अभियानको एउटा हिस्सा भएको बताइएको छ ।

पृथ्वीभन्दा ३ सय किलोमिटर माथिको उचाईमा उक्त जाल बिछाइएको छ ।

वैज्ञानिकहरुका अनुसार करीब साढे ७ हजार टन फोहोर पृथ्वीको कक्षमा तैरिरहेको छ । त्यो फोहोर पृथ्वीबाट प्रक्षेपण गरिने भूउपग्रहहरुका लागि खतरापूर्ण रहेको छ ।

बेलायतले फोहोर बटुल्न अन्तरिक्षमा बिछाएको जालले प्रारम्भिक सफलता प्राप्त गरेको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोमा एउटा जुत्ता आकारको फोहोर जालमा फसेको देखिएको छ ।

बेलायतको सरे स्पेस सेन्टरका निर्देशक प्राध्यापक गुगलाइलमो अगलितीले अन्तरिक्षमा राखिएको जालोले अपेक्षाकृत रुपमा काम गरिरहेको बताए ।

अब के हुन्छ ?

यो केवल एएटा प्रयोग मात्र थियो । जसमा एउटा जुत्ताको डिब्बा आकारको फोहोरलाई अर्को स्याटेलाइटबाट पृथ्वीतर्फ खसाइएको थियो र त्यहीँ फोहोर जालमा फसेको थियो ।

यदि वास्तवमै यसरी जालोमा फोहोर फस्यो भने स्याटेलाइटको सहयोगले जालले उक्त फोहोरलाई पृथ्वीको कक्षबाहिर पूराइदिन्छ ।

पृथ्वीको कक्षमा घुमिरहेका फोहोरहरु हटाउने कुरा वैज्ञानिकरुले गर्दै आएका छन् । तर यस्तो खाले सफल प्रयोगचाहीँ पहिलोपटक गरिएको हो । अब छिटै यसको दोश्रो चरणको परीक्षण गरिनेछ । जसमा कक्षमा रहेका वास्तविक फोहोरको तस्वीर लिनका लागि एउटा क्यामरा पनि लगाइनेछ । सन् २०१९ को सुरुवातसम्ममा अन्तरीक्षमा विछाइएको जालोमा वास्तविक फोहोर बटुल्ने गरी परीक्षण हुने बताइएको छ ।

अन्तरिक्षको फोहोर कति खतरनाक ?

पृथ्वीको कक्षमा लाखौँ टुक्राहरु तैरिएर घुमिरहेका छन् । स्याटेलाइटबाट टुक्रिएका ती साना तथा ठूला टुक्राहरु कतिपय स्याटेलाइटकै अंश हुन् भने कतिपय अन्तरीक्षयात्रीद्वारा गल्तीले छुटेका उपकरण पनि हुन् ।

पृथ्वीलाई अनवरत रुपमा परिक्रमा गरिरहेका यी फोहोर नहटाइएमा फोहोरका टुक्राहरु विभिन्न प्रयोजनमा रहेका स्याटेलाइटहरुसँग ठोक्किने र स्याटेलाइटलाई क्षतिग्रस्त बनाउने खतरा रहेको छ ।

अर्को खतरा के पनि छ भने यस्ता फोहोरहरु एक आपसमा ठोक्किँदा टुक्रिएर झनै धेरै संख्यामा फोहोरको सिर्जना हुन्छ । फोहोर जतिधेरै बयो भूउपग्रहसँग ठोक्किने जोखिम उति नै धेरै हुन्छ ।

आगामी दिनहरुमा पृथ्वीको कक्षमा निकै धेरै स्याटेलाइटहरु लञ्च हुनेवाला छन् । यदि यस्तो अन्तरीक्ष फोहोर हटाइएन भने स्याटेलाइट प्रक्षेपणका योजना विफल हुने सम्भावना बढ्नेछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment