Comments Add Comment

दिपक, केदार र जितुको झगडाको फन्डा

भिडियोको सुरुवातमै चलचित्र ‘छक्का पन्जा ३’का निर्माता मध्येका एक जितु नेपालले जहिले मिटिङ बस्ने भन्यो अनी मोबाइल चलाएर बस्छन् भन्दै दुई निर्माता दिपकराज गिरी र केदार घिमिरेसँग आक्रोश पोख्छन् । यहीविचमा, केदार घिमिरे मिटिङ बस्ने भन्ने अनी २ घन्टा ढिलो आउने भनेर जितु नेपालसँग आक्रोश देखाउँछन् ।

यता, निर्माता दिपकराज गिरी आफूले एकछिन मोबाइल चलाउँदा के को रिस गरेको भन्दै जितु र केदारसँग रिसाउँछन् । घटस्थापनाको दिनमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’का मुख्य निर्मातात्रय दिपकराज गिरी, केदार घिमिरे र जितु नेपाल विचको झगडाको एउटा भिडियो अहिले युटुबमा हिट बनिरहेको छ ।

केदारले चलचित्र घटस्थापनामा रिलिज हुन्छ भन्ने नै दर्शकलाई थाहा नभएको भन्दै दिपकलाई प्रदर्शन मिति सार्नु अगाडि आफूहरुसँग सल्लाहा नगरेको भन्दै गुनासो गरेका छन् । दिपकले भने आफू वार्ता बस्ने कि अरु पनि काम गर्ने भन्दै जितु र केदारले केही काम नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

दिपक, केदार र जितुको यो भिडियो हेर्दै जादा सुरुमा उनीहरुविच ठूलै विवाद भएको जस्तो लाग्छ । चलचित्र फूलपातिबाट घटस्थापानमा किन सारेको भन्दै जितु र केदार दिपकसँग कुर्लिएका छन् ।

तर, भिडियोको अन्त्यमा आफूहरुले रमाइलो गरेको भन्दै उनीहरुले दर्शकलाई भिडियोको वास्तविकता खोलेका छन् । चलचित्र दशैंको फूलपातिमा रिलिज हुने चर्चा चलिरहँदा अर्को चलचित्र ‘जय भोले’को निर्माणपक्षसँग फाइनल कुरा भएपछि घटस्थापनामा सारिएको थियो । यसैले, चलचित्र ‘छक्का पन्जा ३’का ३ निर्माता तथा कलाकारले यो मिति दर्शकको दिमागमा सेट गराउन यो फन्डा अपनाएको देखिन्छ ।

दिपाश्री निरौला निर्देशित यो चलचित्र असोज २४ गते घटस्थापनाबाट रिलिज हुँदैछ । ३ निर्माताको यो भिडियोलाई दर्शकले प्रचारको लागि के सम्म गर्छन् भन्दै प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment