Comments Add Comment

संसदको दोस्रो अधिवेशन अन्त्य : १९३ घण्टामा के के भए ?

११ असोज, काठमाडौं । संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बिहीबार सकिएको छ ।

सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र बाचन गरी बिहीबार राति १२ बजेदेखि संसद बैठक स्वतः अन्त्य भएको जानकारी गराएका हुन् ।

त वैशाख २३ गते आइतबार सुरु भएको प्रतिनिधिसभाको बैठक असोज ११ गते सकिएको हो । यो अवधिको १ सय ३५ दिनमा ८९ पटक बैठक बसी १ सय ९३ घण्टा संसदीय काम कारबाही भएको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।

यो अवधिमा ४ पटक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो ।

यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, १८ वटा विधेयक पारित गरिएको सभामुख महराले जानकारी दिए ।

संसदको यस अधिवेशनमा संसदीय समितिहरुको गठन र सभापतिसमेत चयन भएका छन् । सांसद र मन्त्रीहरुबीच प्रश्नोत्तर कार्यक्रम पनि गरिएको सभामुख महराले जानकारी दिए ।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारको प्रतिवद्धता कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment