Comments Add Comment

किसानको दुःख र साधुको कथा

प्रत्येक व्यक्ति सफलता प्राप्त गर्न चाहान्छ । सबैभन्दा ठूलो बनौं, सबैले मलाई मानुन, प्रशस्त धन सम्पती कमाएर एक सफल ब्यक्तिको रुपमा चिनिन सकौं । यस्तो ईच्छा कसको नहोला ?

तर, विडम्बना मेहनत गर्ने र धैर्य गर्न सक्ने क्षमता हामीमा छैन । चाहाना आउनेवित्तिकै, सोच्नेवित्तिकै या काम शुरु गर्नेवित्तिकै सफलता मिलोस् भन्ने चाहान्छाैं र मिलेन भने भगवानलाई सरापिहाल्छौं । तुरुन्त चाहनेवित्तिकै बजार गएर सामान किनेर ल्याएजस्तो सफलता किन्न पाइँदैन । यो बजारमा बिक्ने वस्तु पनि होइन ।

जोयस मायरको भनाइ नै छ– म त्यहाँ छैन, जहाँ पुग्न चाहन्थें । तर, भगवानलाई यो कारणले धन्यवाद दिन चाहान्छु कि म अहिले त्यहाँ पनि छैन, जहाँ म पहिला थिएँ ।

हो, शुरु गरेर अगाडि बढिसक्नुभएको छ भने तपाईको गन्तव्य छोटिँदै छ । तपाईले भनेको समयमा नै प्राप्त भएन भनेर नआत्तिनुहोस् । थप मेहनत गर्नुहोस् । जिन्दगी भनेको त सपनालाई वास्तविक रुपमा परिणत गरेर सफलता प्राप्त गर्नु नै हो ।

जीवन नदी हो, समस्या पानी

एउटा गाउँमा एकजना किसान बस्थे । सम्पतिका नाममा उनको अलिकति खेतबाहेक केही थिएन । उनले दिनरात मेहनत गरेर गुजारा चलाइरहेका थिए । बिस्तारै बच्चाहरु हुर्कंदै गइरहेका थिए । उनीहरुको थप पढाइ खर्च कसरी जुटाउने भन्ने उनलाई चिन्ता थपिँदै गएको थियो ।

यत्तिकैमा एक दिन गाउँमा एकजना विद्धान साधु प्रवेश गरेको खबर फैलियो । विद्धान भएको ठाउँमा गएपछि सबै समस्याको समाधान निक्लिन्छ भनेर हल्ला फैलियो । यो कुरो ती किसानले पनि सुने । र, मनमनै विचार गरे कि म पनि त्यो साधुकहाँ जानुपर्‍याे र समस्याबाट मुक्ति पाउनुपर्यो । यस्तो सोचेर किसान ती साधुकहाँ गए ।

किसानले साधुलाई भने– मैले जीवनमा धेरै संघर्ष गरें । तर, दुःख कहिल्यै सिद्धिएन । मेरा दु.ख र समस्या अरु थपिँदै गए । मैले यसबाट कसरी मुक्ति पाउने हजुर ?

अनि साधुले मुसुक्क हाँस्दै जवाफ दिए– भइहाल्छ नि, आउ मसँग बस ।

किसान खुशीले गदगद हुँदै साधुको पछि लागे । धेरै टाढा पुगेपछि एउटा नदी भेटियो । नदीको किनारामा गएर साधुले भने– नदी तरेर पारि गएपछि सबै समस्या चट् हुन्छ । म तिमीलाई सबै कुरा त्यहीँ भन्छु ।

किसान र साधु नदीको किनारामा उभिए । लामो समयसम्म उभिइरहेपछि किसानको मनमा प्रश्न खेल्न थाल्यो– कोही आउँदैछ कि खोला तार्न ? कि भगवान नै आउँदैछन् कि ? लामो समय कुर्दा पनि केही पार नलागेपछि किसानले साधुलाई सोधे– बाबाजी, हामी किन यहाँ उभिरहेका छौं ? हामी त पारि जाने भनेको होइन ?

साधुले उत्तर दिए– हो । अहिले यो नदी ठूलो छ । यत्तिकैमा तर्न खोज्यो भने डुबाउँछ, त्यही भएर नदी सुक्छ अनि जाउँला भनेर यहाँ बसेको । किसानले फेरि सोधे– ‘यो नदी हो, कहाँ सुक्नु ? यो त निरन्तर यसरी नै बगरिहन्छ ।

साधुले मुस्कुराउँदै भने– हो, हाम्रो जीवन पनि नदी हो । र, पानी समस्या हो । जब तिमीलाई थाहा छ, नदीको पानी सुक्दैन । त्यसैगरी जीवनमा पनि समस्या सिद्धिँदैन ।

हो, हाम्रो जिन्दगीमा पनि यस्ता किसिमका उतार– चढावहरु आइरहन्छन् । यी उतार–चढावहरु लार्ई सकारात्मक सोचका साथ समस्या समाधानतिर मेहनत गरौं । अवश्य सफल भइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment