Comments Add Comment

राष्ट्रसंघीय पदाधिकारीलाई यती एयरलाइन्सको स्वागत

२ मंसिर, काठमाडौं । निजी क्षेत्रको एयर लाइन्स कम्पनी यती एयरलाइन्सले राष्ट्रसंघीय पदाधिकारीलाई सेवा प्रदान गरेको छ ।

चालक दलमा सम्पूर्ण महिला सदस्यहरु रहेको यती एयरलाईन्सको टोलीले संयुक्त राष्ट्र संघकी उपमहासचिव अमिना जाने मोहम्मद र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासिय प्रतिनिधि भालेरिया जुलियाण्ड सहित राष्ट्रसंघका सम्पूर्ण महिला पदाधिकारीहरुको टोलीलाई सेवा प्रदान गरेको हो ।

सेवाको उद्देश्य व्यापार, व्यवसाय र नेतृत्वमा महिलाहरुको उपस्थितिलाई प्रेरित, प्रोत्साहित र सम्मान गर्दै स्वारोक्ति थियो ।
संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य नम्बर ५ अनुसारको लैंगिक समानता अभिवृद्धि र महिलाहरुको वृत्ति विकासमा कम्पनी समर्पित रहेको यती एयरलाइन्सले जनाएको छ ।

उड्डयन क्षेत्रमा लैगिंक समानता र महिलाहरुलाई सशक्तिकरण गर्नु नै आफ्नो उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment