Comments Add Comment

गर्भवती कर्मचारीलाई गर्भपतन गर्न कम्पनीको आदेश

चीनको एक निजी कम्पनीले आफ्ना महिला कर्मचारीलाई यस्तो निर्देशन जारी गरेको छ, जसले कम्पनीमा पूरै सन्नाटा छायो । कम्पनीले गर्भवती भएका आफ्ना महिला कर्मचारीलाई तत्कालै गर्भपतन नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

चिनियाँ पत्रिका वर्कर्स डेलीमा छापिएको खबरले अहिले सर्वत्र चर्चा पाएको छ । गर्भवती हुनु अगाडि कम्पनी व्यवस्थापनलाई पूर्व जानकारी नगराएको भन्दै कम्पनीले गर्भवती महिला कर्मचारीलाई यस्तो चेतावनी दिउको हो ।

शिजाजुआंग प्रान्तस्थित एउटा बैंकले यस्तो अनौठो कर्तूत गरेको हो ।

उक्त बैंकको नियमानुसार सबै महिला कर्मचारीहरुले वर्षको सुरुमा एउटा फारम भर्नुपर्दछ । उक्त फारममा यस वर्ष गर्भाधारण गर्ने योजना भए–नभएको खुलाउनु पर्दछ र गर्भाधारणको योजना भएमा सोही व्यहोरा खुलाएर फाराम स्वीकृत गराउनु पर्दछ ।

विना जानकारी गर्भवती हुने महिलालाई दुईवटा विकल्प दिइन्छ । पहिलो विकल्प गर्भपतन गराउने र दोस्रो विकल्प आर्थिक जरिवानाको रुपमा तलब कटौती तथा पद घटुवा गर्ने । साथै दुवै सजाय पनि दिन सकिन्छ ।

एकजना महिला कर्मचारीले आफू गर्भवती भएको आरोपमा कम्पनीले कारवाही गर्न लागेको जनाएर कामदार सेवा केन्द्रमा निवेदन दिएपछि बैंकको यस्तो कर्तुतको खुलासा भएको हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment