Comments Add Comment

मुस्ताङमा पल र नाजिरसँग बर्षाको यस्तो रोमान्स

नायक पल शाह र नायिका बर्षा सिवाकोटीको रोमान्स बाहिरिएको छ । पहिलो पटक एकसाथ काम गर्न लागेको यो जोडीलाई निर्देशक मिलन चाम्सले निकै आकर्षक तरिकाले फिचर गरेका छन् । मिलनको निर्देेशनमा तयार भैरहेको चलचित्र ‘विर विक्रम २’मा यो जोडीलाई देख्न सकिन्छ । चलचित्रमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।

निर्देशक चाम्सका अनुसार करिब २३ लाखको बजेटमा एउटा गीतको छायांकन भएको छ । रन्जित गजमेरको संगीत, कुसुम गजमेरको शब्द रहेको यो गीतमा ताराप्रकाश लिम्बु र मेलिना राइको स्वर छ । चलचित्रको छायांकनका लागि महंगो रकम खर्च गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रमा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद छ ।

नायक आकाश श्रेष्ठलाई सुरुमा अनुवन्धित गरेपनि पछि उनले यो चलचित्र छाडेपछि नायक पल शाहले काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment