Comments Add Comment

राम्रो कथा खोज्दै सारा

नायिका सारा सिर्पालीको रुप र कामको प्रशंसा खुबै हुन्छ । तर, उनले २ वटा चलचित्र रिलिज हुँदासम्म पनि जुन खालको चर्चा पाउनुपर्ने हो, त्यो पाएकी छैनन् । यसैले पनि सारा अहिले राम्रो कथाको खोजीमा छिन् । साराले भनिन्–‘हो, मलाई अझै पनि दर्शकले नोटिस गर्नु भएको छैन । यसैले, दर्शकले नै नोटिस गर्ने खालको राम्रो कथाको प्रतिक्षामा छु ।’

‘रुद्र’बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी साराले दोश्रो चलचित्रको रुपमा ‘पिजडा ब्याक अगेन’मा काम गरिन् । तर, यो चलचित्र पनि राम्रो व्यापार गर्न असफल भयो । सारा अब चलचित्र ‘सुश्री सम्पत्ती’बाट खुबै आशावादी त देखिएकी छिन् । साराले आफूलाई चलचित्रबाट अफर आएतापनि आफूले राम्रो टिम र कथा हेरेर मात्र गर्ने बताइन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment