Comments Add Comment

समृद्धिको कुरालाई खिसी नगरौं : मन्त्री ढुंगेल

९ मंसिर, रामेछाप । प्रदेश ३ का आर्थिक मामिला एवं योजना मन्त्री कैलाश ढुंगेलले सरकारले ल्याएको समृद्धिको नारालाई खिसी नगर्न चेतावनी दिएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका नवौं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनको मन्थलीमा उद्घाटन गर्दै उनले सरकारको गल्ती औंल्याइदिन र राम्रा कामको प्रचार गर्न आग्रह गरे ।

सरकारले गरको राम्रो कामलाई कार्यकर्ताले बोकेर हिँड्न नसकेको उनले गुनासो गरे । सराकारको विरुद्ध भइ रहेको गलत प्रचारको प्रतिवाद नगर्ने कार्यकर्ता पार्टीको झण्डा बोकेर हिँड्नुको कुनै अर्थ नभएको उनले बताए ।

‘गीत मात्र राम्रो भएर हुँदैन । त्यसमा संगीत पनि राम्रो हुनु पर्छ । सरकारले समृद्धिको गीत गाउँदा कार्यकर्ताले त्यसमा संगीत भर्न सक्नुपर्छ’, ढुंगेलले भने ।

अर्काे प्रसंगमा ढुंगेलले स्थायी हुनुपर्ने भन्दै शिक्षकहरुले गरेको आन्दोलनको कुनै अर्थ नरहेको बताए । उनले सरकारले उनीहरुको माग पनि नसुन्ने प्रष्ट पारे ।

‘आयोगको परीक्षामा कहिल्यै पास नहुने, अनि जागिर स्थायी गराइदिनु पर्यो भन्दै आन्दोल गर्ने । यसले शिक्षाको गुणस्तर कहाँ पुर्याउँछ ? त्यसैले यस्ता नाजायज माग शिक्षकले छाड्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment