Comments Add Comment

पर्सामा बलत्कारका घटनाः पीडितमा अधिकांश बालिका र किशोरी

९ मंसिर, वीरगञ्ज । –छिमेकीको घरभित्र पसेको आफ्नो बाख्रा लिन जाँदा गत चैत १४ गते १० वर्षीय बालिका बलात्कृत भइन् । सो घटनामा पर्साको बहुदरामाई नगरपालिका–५, गम्हरीयाका २३ वर्षीय मणिभूषण पाण्डेलाई प्रहरीले पक्राउ गर्‍यो ।

बालिका चिच्याएको सुनेर स्थानीय महिलाहरुले घटना स्थलमा पुगेर घर घेरा हाली पाण्डेलाई प्रहरीको जिम्मा लगाएका थिए । बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण गरेर प्रहरीले मुद्धाको पक्रिया अगाडी बढायो । पर्सा जिल्ला अदालतले ०७५ बैशाख ८ गते पूर्पक्षका लागि जेल चलानको आदेश दिएपछि पाण्डे जेलमा छन् ।

– १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पोखरिया नपा–४ सतवरियाका २० वर्षीय सुनिल साह तुराहलाई गत फागुन २३ गते गिरफ्ता गर्‍यो । सुनिलले बालिकालाई माछा दिन्छु भनी फकाएर फाुगुन १६ गते बलात्कार गरेको तथ्य प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ ।

बालिकाको फागुन १७ गते नै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालिन प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मी बालिकामाथि विभत्स तरीकाले बलात्कार गरिएको सुनाउँछन् । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं लगेर उपचार गरिएको थियो । पर्सा जिल्ला अदालतले आरोपी साहलाई चैत १८ गते नै पूर्पक्षका लागि चेल चलान गरेको छ ।

–विद्यालयबाट फर्किएर कपडा फेर्दै गर्दा आफ्नै घरभित्र १३ वर्षीया बालिका बलात्कृत भइन् । घरमा कोही नभएको मौका छोपेर गत चैत ६ गते उनीमाथि पर्सागढी नपा–३ झबराहाका ५५ वर्षीय सीताराम पौडेलले बलत्कार गरेका थिए ।

पीडित बालिकाका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उनलाई सोही दिन बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण गरियो । आरोपित उप्रेतीलाई जिल्ला अदालत पर्साले ०७५ बैशाख २६ गते पूर्पक्षका लागि चेल चलानको आदेश दिइएको छ ।

एक महिनाको अन्तरालमा पर्सामा बालिकाहरुमाथि भएका बलत्कारका तीन दृष्टान्त हुन् यी । पछिल्लो समय जिल्लामा बालिकामाथि यस्तो अत्याचार लगातार बढिरहेको छ ।

पर्सामा सन् २०१८ मा ४० वटा मानव अधिकार उल्लंघनका घटना सार्वजनिक भएकोमा २३ वटा बलात्कारका घटना छन् । गुपचुप रहेका बलत्कारहरुको त कुनै हिसाबै छैन । बलत्कार पिडितहरुमध्ये अधिकांश बालिका र किशोरी भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ अनुसार १८ बर्षमुनिका १७ जना बालिका र किशोरीहरु एक वर्षभित्र बलत्कृत भएका छन् । १८ वर्षभन्दा माथिका युवतीमाथि बलात्कारको घटना ६ वटा छन् ।

बलात्कारका अधिकांश घटनामा बालिका पीडित हुनु दुःखद विषय भएको इन्सेकका पर्सा प्रतिनिधि केसी लामिछानेले बताउँछन् ।

‘नजिकका नातेदार, आफन्त र छरछिमेकीबाट समेत बालिका असुरक्षित देखिएका छन्,’ उनले भने, ‘१५ बर्षको किशोरले १३ बर्षीया बालिकाको बलात्कार गरेको घटना पनि छ । यसले समाज कतातिर जाँदै छ भन्ने देखाउँछ । अभिभावकले छोराछोरीमाथि निगरानी बढाउन आवश्यक छ ।’

विगतमा चेतनाको अभाव र प्रतिष्ठाको डरले मुद्धा दर्ता नगर्र्ने परिपाटी देखिएको भए पनि अहिले त्यसकोविरुद्ध महिलाहरु उभिन थालेको महिला अधिकारकर्मी निला राम बताउँछिन् । ‘निरिह र अबोध बालिकामाथि जघन्य किसिमका बलात्कारका घटना भइरहेका छन् । त्यसमा दलित, विपन्न समुदायका बालिकाहरु पनि छन् । अझै पनि कतिपय मानिसहरु पैसा र पावरको बलमा जे पनि गर्न सकिन्छ भन्ने सोच पालेर बसेका छन् ।’

महिला अधिकारकर्मी कोपिला चौलागाई बालिका कमजोर हुने र प्रतिकार गर्न नसक्ने भएकाले उनीहरुमाथि ज्यादति हुने गरेको बताउँछिन् ।

‘प्रहरी महिला र बालबालिकाका सम्बन्धमा पहिलेभन्दा संवेदनशील छ, तुरुन्त एक्सन लिन्छ । मिडियाले पनि सपोर्ट गरेको छ । तर पनि बालिकाहरु असुरक्षित नै छन्,’ उनले भनिन् ।

मानव अधिकार रक्षक सञ्जालका पर्सा अध्यक्ष प्रकाश थारुले जघन्य अपराधका घटनाहरु जनप्रतिनिधिकै रोहबरमा मिलाउने प्रवृत्ति देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल प्रहरी राज्यको प्रतिनीधि भएकोले सँधै पीडितको पक्षमा रहेको बताउँछन् ।

‘महिला र बालबालिकाको कुरा आउने वित्तिकै प्रहरी संवेदनशील हुन्छ । महिला र बालबालिका मात्रै होइन, बोल्न नसक्ने सबैको पक्षमा प्रहरी छ,’ उनले भने, ‘विगतमा दुव्र्यबहार हुँदा कहाँ जानुपर्छ भन्ने थाहा नहुनु र उल्टै बेइज्जतीको डरले घटना सहने र लुकाउने प्रवृत्ति थियो । अब बाहिर ल्याउनुपर्छ, न्याय खोज्नुपर्छ भन्ने भावना बढेको छ । बालिकामाथि हुने जघन्य अपराधका घटनामा संवेदनशील भएर अनुसन्धान गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment