Comments Add Comment

अष्ट्रेलियाले अवसर गुमायो, भारतले ल्यायो सिरिज बराबरीमा

९ मंसिर, काठमाडौं । अन्तिम तथा तेस्रो खेलमा भारतसँग पराजित भएसँगै घरेलु टोली अष्ट्रेलियाले टि–ट्वान्टी सिरिज जित्ने अवसर गुमाएको छ । यता, भारतले भने अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सिरिज १–१ को स्थितिमा टुंग्याएको हो ।

अष्ट्रेलियाले दिएको १६५ रनको चुनौती भारतले ४ विकेटको क्षतिमा निर्धारित ओभर सकिन २ बल बाँकी छदा लक्ष्य भेट्टायो । भारतका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६१ रन बनाए । उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, भारतको जितमा ओपनर शिखर धवनले पनि विष्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ४१ रन बनाए । यता, रोहित शर्मा २३ रनमा आउट हुदा दिनेश कार्तिकले भने अविजित २२ रनको योगदान दिए ।

यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको घरेलु टिम अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डिअर्ची शर्टले ३३ रन बनाउँदा कप्तान आरोन फिन्चले २८ रन बनाए । त्यस्तै, एलेक्स क्यारीले २७ र मार्कुस स्टोइनिसले अविजित २५ रन बनाएका थिए ।

बलिङतर्फ क्रुनाल पाण्ड्याले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए ।

टि–ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको थियो । तर दोस्रो खेल भने भारी वर्षा भएपछि रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment