Comments Add Comment

उपचारका लागि निर्मला पन्तका बुबालाई काठमाडौं ल्याइयो

९ मंसिर, काठमाडौं । कञ्चनपुरका निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् ।

उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।

यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई शनिबार साँझ सडकमार्गबाट काठमाडौं ल्याइएको हो ।

दुर्गादेवीका अनुसार महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएको थियो । त्यसपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लठ्याउने सुई लगाएपछि उनी दिनभरी सुतेका थिए ।

आइतबार साँझ औषधीले काम गर्न छाडेपछि फेरि समस्या भएको उनले बताइन् । अहिले शिक्षण अस्पतालमा डाक्टरको निगरानीमा यज्ञराजको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment