Comments Add Comment

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम

बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । बलिउडमा सुजैन र ऋतिक फेरि मिल्ने चर्चा समेत चल्ने गरेको छ ।

हालै मात्र ऋतिकले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै सुजैनप्रतिको प्रेम पोखेका छन् । उनले लेखेका छन्–‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्व पत्नी सुजैन अहिले मेरो वच्चाको तस्बिर खिचिरहेकी छिन् । यो आफैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चाहरुलाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यती गाह्रो काम होइन भनेर सिकाउँछ ।’

ऋतिकले अगाडि लेखेका छन्–‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुवात हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ । जहाँ सबै जना बहादुर छन्, स्वतन्त्र छन् र यो कुराको सुरुवात तपाइको घरबाट सुरु हुन्छ ।’
ऋतिकले आफ्नी पूर्व पत्नी सुजैनले समुन्द्रको छालमा आफ्नो र २ सन्तानको तस्बिर खिचिरहेको तस्बिर शेयर गर्दै मनको कुरा व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment