Comments Add Comment

निर्मला प्रकरणले सरकारको नारा दुःखी नेपालीमा परिणत भयोः डा. डिला संग्राैला

१० मंसिर, डोटी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डीला संग्रौलाले सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा दुःखी नेपालमा परिणत भइसकेको बताएकी छन् ।

डोटीमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले भनिन्,’सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारा निमर्ला पन्तको घटनाले नै दुःखी नेपालीमा परिणत गरेको छ ।’

उनले लोकतन्त्रका मूलभूत खम्बामाथि नै सरकारले हमला गरिरहेको भन्दै अघि भनिन्, ‘सरकारले अपराधी, बलात्कारीलाई संरक्षण गर्नुका साथै लोकतन्त्रका मूलभूत खम्बामाथि हमला गर्नु हो । बिधिको शासन नै लोकतन्त्रको मूलभूत खम्बा हो, जुन यो सरकारले भत्काइरहेको छ ।’

गत साउन १० गते कञ्चनपुरमा भएको १३ वर्षीया बालिका निमर्ला पन्त हत्याको घटना सारा नेपालीहरुको लागि दुःखपूर्ण घटना भएको बताउँदै उनले निर्मला हत्याका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिलाउन कांग्रेसले निष्पक्षरुपमा आवाज उठाएको बताइन् ।

सरकारको प्रतिवादका लागि पाँच ‘स’ (सदन,सडक, संगठन, सत्याग्रह र सहमति-सहकार्य)लाई आत्मसाथ गर्दै अगाडि बढ्ने भन्दै उनले भनिन्, ‘हामी पाँच ‘स’ मा एकताबद्ध हुन सके देश विकासका साझा मुद्दामा सहभागिता जनाउन सकिन्छ । अब कांग्रेस गुटगत राजनीतिबाट माथि उठेर अगाडि बढ्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment