Comments Add Comment

मोटरसाइकल दुर्घटना हुँदा वनभोज गएका विद्यार्थीको मृत्यु

१० मंसिर, बागलुङ । बागलुङको गलकोटमा दिउँसो मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गलकोट नगरपालिका १ दुदिलाभाटी चौराहमा ध १ प २७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत अनिल सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही विद्यालयमा १० कक्षामा पढ्ने संगम केसी घाइते भएका छन् । उनीहरु विद्यालयबाट वनभोजका लागि पर्यटकीय स्थल भ्यु टावर आएका प्रहरीले बताएको छ । उनीहरु दुवैजना वनभोजमा आवश्यक पर्ने सामाग्री लिन हटिया बजार जादै गर्दा दुर्घटनामा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment