Comments Add Comment

खिचडीः एक स्वस्थ र सम्पूर्ण आहार

चामल, दाल र घिउको मिश्रणबाट बनाइने खिचडीलाई एक स्वस्थ र सम्पूर्ण आहार मानिन्छ । खिचडी मानिसको स्वास्थ्यको लागि धेरै फाइदाकारी छ ।

खिचडीमा विभिन्न पौष्टिक र स्वस्थवर्धक तत्व हुन्छन् जसले हाम्रो धेरै स्वास्थ्य समस्याहरुलाई निको बनाइदिन्छ । यसको सेवन गर्नाले हामीलाई विभिन्न प्रकारका स्वास्थ्य लाभ मिल्छन् ।

खिचडी खासगरी चामल र दाल मिसाएर पकाइन्छ । यसमा मसलाको मात्रा धेरै कम राखिन्छ । यसलाई हामीले त्यत्तिकै सादा वा दहीसँग खान सक्छौं ।

यसको सेवनले हाम्रो शरीरलाई धेरै लाभ गर्ने भएकाले सबै डाक्टरहरुले बिरामी भएको बेलामा खिचडी खान सल्लाह दिन्छन् । साथै यसलाई आर्युर्वेदमा पनि महत्वपुूर्ण र जरुरी आहार मानिएको छ ।

यसमा कैयौं स्वास्थ्यवर्धक तत्वहरु हुन्छन् जसले बिरामी भएको बेलामा तपाईंलाई  शरीरमा भएको रोगसँग लड्ने तागत दिन्छ र तपाईंलाई स्वस्थ बनाइराख्छ ।

आउनुहोस् खिचडी खाएमा मिल्ने फाइदाको बारेमा कुरा गरौं जसबाट हामीले बिरामी भएको बेलामा मात्रै होइन स्वस्थ भएको बेलामा पनि खिचडी खान उपयुक्त हुन्छ भन्ने थाहा पाउन सक्छौं ।

१. पोषक आहार

खिचडी एक पूर्ण आहार हो जसमा पोषक तत्वको सन्तुलिन मात्रा मिल्छ । यो चामल, दाल र घिउको मिश्रणले बन्छ जसले  प्रचुर मात्रामा कार्बोहाइड्रेट््स, प्रोटिन, फाइबर, भिटामिन सी, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र पोटासियम प्रदान गर्छ ।

यसलाई अझै स्वास्थ्यवर्दक बनाउनको लागि यसमा केही हरिया सागसब्जीहरु पनि मिसाउन सकिन्छ ।

२. पाचनमा सजिलो

खिचडी पेट र आन्द्राको लागि धेरै लाभदायक आहार हो । किनभने यसलाई पचाउनमा शरीरको पाचनप्रणालीलाई धेरै मेहनत गर्न पर्दैन र सजिलैसँग हाम्रो शरीरलाई पोषकतत्व मिल्छ । यसको हल्कापन र पोषक गुणको कारणले विशेषगरि यो बच्चा र वृद्ध मानिसको लागि उचित आहार हो ।

३. त्रिदोष आहार

आयुर्वेद अनुसार खिचडी एक सम्पूर्ण र अत्यावश्यक आहार हो । यसमा हाम्रो शरीरको तीन दोष वायु, पित्त र कफलाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।

यसको सेवनले हाम्रो शरीरको विषाक्त पदार्थहरुलाई बाहिर निकाल्छ र शरीर स्वस्थ बनाउँछ । यसले मानव शरीरको उर्जा, रोग प्रतिरोधक क्षमता र पाचनक्रियालाई पनि राम्रो बनाउँछ ।

४. ग्लुटेन फ्रि आहार

जो मानिस आफ्नो स्वास्थ्यको ख्याल गरेर वा आवश्यकताको कारण ग्लुटेन पि|m आहारको सेवन गर्छन् उनीहरुको लागि खिचडी धेरै राम्रो विकल्प हो । किनभने र दाल र चामलमा ग्लुटेन हुँदैन । खिचडीको सेवनले ग्लुटेनको कारणले हुने अपच वा आन्द्राको समस्या झेल्न पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment