Comments Add Comment

राउत समर्थित तीन पक्राउ

१० मङ्सिर, लहान । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतको समर्थनमा प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

नवराजपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका–१० का निर्मलकुमार मण्डल, सखुवानन्कारकट्टी गाउँपालिकाका रामपुकार यादव र मनिष यादवलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

पक्राउ परेका तीनैलाई कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment