Comments Add Comment

मिसवर्ल्डमा श्रृंखलाका १५ प्रतिस्पर्धी : कवयत्रीदेखि ‘बक्सर’सम्म

१० मंसिर, काठमाडौं । चीनमा आगामी ८ डिसेम्बरमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड हुँदैछ । नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् ।

यसपालि मिस वल्र्डका दाबेदारहरुको चर्चा गर्दा श्रृंखलाको नाम कसैले पनि छुटाएको पाइँदैन । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनलाई अग्रस्थानमा राखेका छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको अनलाइन भोटिङमा त श्रृंखला अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

२३ वर्षकी श्रृंखलाले उपाधि जित्न नेपालमा चर्चा भएजस्तो सहज भने छैन । अनलाइन भोटिङमार्फत मल्टिमिडिया अवार्डको विजेता बनेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बाटो सहज हुनेछ । तर, त्यसपछि सबै उनकै बलबुँतामा भर पर्छ ।

यहाँ हामी विभिन्न यूट्युव च्यानल र अनलाइनहरुले चर्चा गरेका मिस वर्ल्डका प्रमुख १५ दाबेदारहरुको संक्षिप्त परिचय प्रस्तुत गर्दैछौं ।

श्रृंखलाका प्रतिस्पर्धीहरु कविदेखि बक्सरसम्म छन् ।

माइभा कोउक्के (फ्रान्स)

२४ वर्षकी माइभा ५.७ फिट अग्ली छिन् । उनी अंग्रेजी र जर्मन राम्ररी बोल्न सक्छिन् । ब्याचलर अफ इन्टरनेसनल बिजनेस एन्ड ड्रिम्सको पढाइ सिध्याएकी उनको लक्ष्य भने नायिका बन्नु हो । उनी विभिन्न कठिन खेलहरुमा रुची राख्छिन् । टप मोडल कम्पिटिसनको उपाधि जितेर उनी मिस वल्र्डको सेमिफाइनल (टप ३०) मा प्रवेश गरिसकेकी छन् ।

माइभाको जीवन दर्शन छ, ‘जसले केही पनि प्रयास गर्दैन, उनीहरुले केही पनि हासिल गर्न सक्दैनन् ।’

भानेस्सा पोन्स (मेक्सिको)

उनी २६ वर्षकी हुन् र ५.७ फिट अग्ली छिन् । उनी अंग्रेजी र स्पेनिस बोल्न सक्छिन् । इन्टरनेसनल विजनेसमा ब्याचलर डिग्री गरेकी भानेस्सा अहिले एउटा रिह्याबिलिटेसन सेन्टरको बोर्ड अफ डाइरेक्टर छिन् । साथै उनी एक मोडल र प्रोग्राम प्रिजेन्टर पनि हुन् । उनको जीवन दर्शन छ, ‘हामी सबैलाई एक–अर्काको आवश्यकता छ ।’

अनाही होर्माजाबल (चिली)

२० वर्षकी अनाही ५.७ फिट अग्ली छिन् । श्रृंखलाजस्तै उनी पनि इन्जिनियरिङकी विद्यार्थी हुन् । उनी अंग्रेजीका साथै स्पेनिस पनि बोल्छिन् । भ्रमण, योगा र जुम्बामा रुची राख्छिन् । नाच्ने र गाउने क्षमता पनि छ उनको ।

अनाहीको जीवन दर्शन छ, ‘प्रेमपूर्वक गरिएको कुनै पनि कामको उच्च प्रतिफल प्राप्त हुन्छ ।’

क्याटरिना रोड्रिगेज (फिलिपिन्स)

उनी २६ वर्षकी भइन् र ५.५ फिट अग्ली छिन् । फिलिपिनो तागालोगका साथै उनी अंग्रेजी र स्पेनिस भाषामा पनि दख्खल राख्छिन् । उनले फिलोसोफी र बिजनेस एड्मिनिस्ट्रेसन पढेकी हुन् । पीएचडी सिध्याएर एउटा कुटनीतिज्ञ बन्ने क्याटरिनाको लक्ष्य छ । तेक्वान्दोमा ब्ल्याक बेल्ट हासिल गरेकी उनी बक्सर पनि हुन् ।

योगा र हर्स राइडिङमा पनि उनको रुची छ । क्याटरिना भायोलिन बजाउन पनि पोख्त छिन् ।

उनको जीवनदर्शन छ, ‘संख्या होइन, गुणस्तरमा विश्वास गर ।’

अनुकृति भास (भारत)

उनी २० वर्षकी छिन् र ५.५ फिट अग्ली छिन् । दक्षिण भारतकी उनी एक व्यवसायिक मोडल हुन् । फ्रेन्च लिट्रेचरमा ब्याचलर गरेकी अनुकृतीसँग पाँच भाषाको ज्ञान छ ।

एक्रोब्याट र फ्रिस्टाइल डान्समा पनि उनी पोख्त छिन् । उनको जीवनदर्शन हो, ‘भोलिका लागि उत्कृष्ट तयारी भनेको आज राम्रो गर्नु हो ।’

भेरुस्का ल्जुबिसाभ्ल्जेभिक (भेनेजुएला )

२७ वर्षकी उनी ५.८ फिट अग्ली छिन् । उनी एक टेलिभिजनकी कार्यक्रम प्रस्तोता हुन् । एडभरटाइजिङ टेक्निसियनमा स्नातक गरेकी भेरुस्का भेनेजुएलाको परम्परागत

नृत्यमा पोख्त छिन् ।
कला र साहित्यमा पनि उनको दख्खल छ । जोन लेनोनको गीत ‘इमेजिन’ उनको फेभरेट हो । भेरुस्काको जीवनदर्शन छ, ‘आफ्नो हरेक उपलब्धी अरुसँग सेयर गरौं ।’

थुलिसा केइ (साउथ अफ्रिका)

थुलिसा २६ वर्षकी भइन् र ५.५ फिट अग्ली छिन् । उनी एकाउन्टेन्टका रुपमा एक कम्पनीमा काम गर्छिन् । भविश्यमा आफ्नै इन्भेस्टमेन्ट कम्पनी खोल्ने उनको लक्ष्य छ ।
उनी पुस्तक पढ्न र स्टेजमा अभिनय गर्न पनि रुची राख्छिन् । उनको जीवनदर्शन हो, ‘कहिल्यै हिम्मत नहार्नु, परिस्थितिसित मुकाबिला गर्नु र अगाडि लम्किरहनु ।’

मरिसा पाइगे (अमेरिका)

२४ वर्षकी मरिसा ५.६ फिट अग्ली छिन् । उनले अर्थशास्त्रमा डिग्री गरेकी छिन् । आफ्नै कम्पनी स्थापना गर्ने र पीएचडी अध्ययन गर्ने उनको लक्ष्य छ । उनी हाल एक्जुक्युटिभ इन्भेस्टमेन्ट असिस्टेन्टको रुपमा कार्यरत छिन् ।

उनी फुटबल खेल्नुका साथै ड्रम बजाउन रुची राख्छिन् । उनको विशेष प्रतिभा भनेको ओपेरा गाउनु र म्युजिकल थिएटर पनि हो । उनको जीवनदर्शन हो, ‘तिमीलाई जति धेरै कुरा थाहा पाउँदै जान्छौ, थाहा नपाएका कुरा थपिँदै जान्छन् ।’

माओ पेइरुई (चीन)

माओ २६ वर्षकी भइन् । उनले मास्टर्स डिग्री गरेकी छन् । शैक्षिक प्रविधिहरुको निर्माण गर्ने एउटा कम्पनीको सह–संस्थापक र कार्यकारी निर्देशक हुन् उनी ।

भविश्यमा देशको शैक्षिक क्षेत्रको नेतृत्व गर्ने उनको लक्ष्य छ । उनी पियानो बजाउन, साइकल चढ्न र संगीत सुन्न मन पराउँछिन् । माओको जीवन दर्शन हो, ‘सपनाका साथ सुत्नुस, लक्ष्यका साथ ब्यूँझिनुस् ।’

तायला कानोन (अष्ट्रेलिया)

२३ वर्षकी तायला ५.५ फिट अग्ली छिन् । भेनरिनरी नर्सिङमा उनले स्नातक गरेकी छिन् र भेटरिनरियनका रुपमा नै करिअरलाई अघि बढाउन चाहन्छिन् । उनले आफ्नो घरमा ३० वटा जनावर पालेकी छिन् । योगा र हाइकिङमा उनको रुची छ ।

तायला कविता र गीतहरु लेख्छिन् भने मेकअप आर्टमा पनि रुची राख्छिन् । उनको जीवनदर्शन हो, ‘ती कुराहरु गर जुन गर्न तिमीलाई डर लाग्छ ।’

लाउरा ओसोरियो (कोलम्बिया)

२२ वर्षकी लाउरा ५.६ फिट अग्ली छिन् । उनी इन्डस्ट्रियल इन्जिनियरिङकी विद्यार्थी हुन् । स्पेनिस र अंग्रेजी बोल्न सक्छिन् ।

ठूला उद्योगहरुमा उत्पादन प्रक्रियाका क्रममा निस्कने फोहोरहरुलाई तह लगाउने उपायहरु खोज्ने उनको लक्ष्य छ । उनी साइक्लिङ, किक बक्सिङ, स्केटिङ, हर्स रायडिङ र कठिन खेलहरुमा रुची राख्छिन् । नृत्यमा पनि उत्तिकै पोख्त छिन् ।

लाउराको जीवनदर्शन हो, ‘यदि तिमी आफूमा विश्वास गर्छौं भने जे पनि हासिल गर्न सक्छौ ।’

आल्या नुर्साब्रिना (इन्डोनेसिया)

२२ वर्षकी आल्या ५.५ फिट अग्ली छिन् । इन्टरनेसनल रिलेसनमा स्नातक गरेकी उनी एक भिजुअल आर्टिस्टका रुपमा काम गर्छिन् । पीएचडी गर्ने धोको राखेकी आल्या लेखिकाका रुपमा समेत प्रख्यात हुन चाहन्छिन् ।

उनको कविताको किताब प्रकाशित भइसकेको छ । पेन्टिङ, गायन र डान्समा पनि उनको अभिरुची छ । गीत गाउँदै उनी पेन्टिङ गर्न सक्छिन् । आल्याको जीवन दर्शन हो, ‘भाग्य र मिहिनेतको संयोगले परिणाम हासिल हुन्छ ।’

सोलारिस डे ला लुना (पानामा)

१९ वर्षकी सोलारिस ५.५ फिट अग्ली छिन् । उनी अहिले एउटा युनिभर्सिटीमा मार्केटिङ र अन्तर्राष्ट्रिय व्यापार पढिरहेकी छन् । उनी एक डान्सर हुन् र भविष्यमा डान्सिङबाटै प्रख्यात हुने उनको धोको छ ।

उनलाई बक्सिङ, रनिङ आर्ट र इतिहासमा समेत अभिरुची छ । सोलारिसको जीवन दर्शन हो, ‘तिमी आफ्नो सिमा आफैं निर्धारण गर्न सक्छौ ।’

नताल्या भ्लादिलेनोभ्ना (रसिया)

नताल्या १९ वर्षकी हुन् र उनले नेसनल यूनिभर्सिटी अफ मेडिकल रिसर्चमा अध्ययन गरिहेकी छन् । कस्मेटोलोजिस्ट, डर्माटोलोजिस्ट र प्लास्टिक सर्जन बन्ने उनको सपना छ ।

बाबुआमा सानैमा गुमाएकी उनलाई आन्टी र दाजुले हुर्काएका थिए । उनी मोडलिङ र नृत्यमा रुची राख्छिन् । नताल्याको जीवनदर्शन हो, ‘जे हुन्छ, राम्रोका लागि हुन्छ ।’

तस्वीरमा हेर्नुस् अन्य एक सय ६ प्रतिस्पर्धी

यो पनि पढ्नुहोस श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ? यो पनि पढ्नुहोस मिस वर्ल्डको भोटिङमा अग्रता लिँदै श्रृंखला, मल्टिमिडिया अवार्डकी दाबेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment