Comments Add Comment

सारस लुम्बिनीको नगरपन्छी घोषित

१० मंसिर, रुपन्देही । लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ ।

लुम्बिनीमा सोमबारदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गरे ।

कार्यक्रममा सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरिकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएकाले सोको संरक्षण जरुरी भएको बताए ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले शान्ति र प्रेमको प्रतीक सारस नेपालमै सबैभन्दा धेरै लुम्बिनीमा पाइने र यसको बासस्थान जोगाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

महोत्सवमा सारस संरक्षणमा योगदान पुर्याउने तीन स्थानीयवासीलाई सम्मान गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका लम्किहवाका रामबकस लोध, विजयलक्ष्मी मिश्रा र महिलवारकी शोभावती पाललाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment