Comments Add Comment

नेविसंघ महाधिवेशनको नयाँ मिति पुस अन्तिम साता

११ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुस अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ । आगामी पुस २८ गते महाधिवेशन गर्ने गरी नेविसंघले नयाँ मिति तय गरेको हो ।

महाधिवेशनको नयाँ मिति सार्वजनिक गर्न नेविसंघ अध्यक्ष नैनसिंह महरले आज पत्रकार सम्मेलन गर्दैछन् । आगामी १२ औं महाधिवेशनबारे दिउँसो १२ः४५ बजे संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष महरले जानकारी दिए ।

नेविसंघको ११ औं महाधिवेशन गत भदौमै हुनुपर्ने थियो । तर, आन्तरिक विवाद र विधान संशोधन लगायतका कारण उक्त मितिमा महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले तीन महिना म्याद थप गरिदिएको थियो । तीन महिनाको म्यादमा पनि अधिवेशन हुन नसकेपछि फेरि दुई महिना म्याद थपिदिएको थियो । दुई महिने म्याद माघ २ गते सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment