+
+

महिलामा पुरुष हर्मोन बढेर यस्तो रोग लाग्नसक्छ, कसरी सतर्क हुने ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १०:४८

कतिपय यस्ता रोग हुन्छन्, जो महिलामा बढी संभावना हुन्छ । स्तन क्यान्सर, पाठेघरको समस्या जस्ता केही रोगले महिलालाई सताउने गर्छ ।

यस्तै समस्या हो, पोलिसिस्टिक ओभरी डिसअर्डर (पिसिओडी) । तथ्यांकले भन्छ, विश्वमा प्रत्येक दश मध्य एक महिला पिसिओडी वा पिसिओएस (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) समस्याबाट ग्रसित छन् ।

विश्वभरमात्र पिसिओएस वा पिसिओडी रोगबाट पिडित महिलाको संख्या दश मिलियन (एक करोड) रहेको पाइन्छ ।

हालै एक एक च्याट शोका क्रममा भारतीय अभिनेत सैफ अली खान तथा अमृता सिंहको छोरी सारा अली खानले (जो हालसालै केदारनाथ नामक फिल्मबाट बलिउड डेब्यु गरेकी छिन्) पनि आफूलाई पिसिओडी भएको खुलासा गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई पनि पिसिओडीको समस्या छ, त्यसैले मेरो वजन लगातार बढिरहेको छ ।’ त्यसैले, नयाँ फिल्मका लागि शरीरलाई फिट राख्नका लागि पनि आफूले निकै धेरै मेहेनत गर्नु परेको उनको भनाई छ ।

हुन त महिलाको तौल बढ्नुमात्र पिसिओडीको लक्षण हैन । यसका अन्य थुप्रै लक्षणहरु छन्, जसलाई वेवास्ता गरेर महिलाहरु स्वास्थ्यमा जटिल समस्या निम्त्याउने गर्छन् ।

के हो पिसिओडी ?

महिलाहरुमा ‘आम’ मानिने पिसिओडीको समस्या स्वास्थ्य सम्बन्धि एक प्रकारको गम्भीर समस्या हो । शरीरको सिस्टममा कुनै किसिमको गडबडी भएमा पिसिओडी हुने गर्छ ।

विशेषगरी, प्रजनन उमेर समूहका महिलामा हर्मोनको सन्तुलन भएमा महिलाको शरीरमा एन्ड्रोजन नामक पुरुष हर्मोनको स्तर बढेर  अण्डकोष (ओभरी)वरिपरि ससाना सिष्ट पलाउने गर्छ । यसले महिनावारी अनियमित बनाउनुका साथै शरीरमा इन्सुलिनको स्तर, तौल तथा फर्टिलिटी हर्मोनलाई समेत प्रभावित पार्ने हुदाँ पिसिओएसको तुलनामा पिसिओडीको समस्या बढी जटिल मानिन्छ ।

जबकी शरीरमा हर्मोनको असन्तुलन भएमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस)को समस्या हुन्छ । अनियमित महिनावारीको समस्या, चालीस वर्ष भन्दा कम उमेरका महिला तथा परिवारमा कसैलाई मधुमेह भएमा पनि उक्त परिवारका महिलालाई पनि पिसिओएसको जोखिम उच्च हुन्छ ।

पिसिओएस हुनुमा धेरै कारण हुनसक्छ । तर वंशाणुगत कारण, इन्सुलिन प्रतिरोधी लगायतले पनि पिसिओएसलाई प्रभावित पार्ने गर्छ ।

पिसिओएस र पिसिओडी बीचको भिन्नता ?

शरीरको सिस्टममा कुनै किसिमको गडबडी भएमा पिसिओडी हुने गर्छ । जबकी हर्मोनको असन्तुलन भएमा पिसिओएस हुन्छ । र, यी दुवै अवस्थामा अण्डकोष (ओभरी)मा ससाना सिष्ट पलाउने गर्छ । त्यसैले पनि हेर्दा उस्तै देखिए पनि यी दुवै भिन्नाभिन्नै रोग हो ।

अझ भनौ, पिसिओडीले  महिनावारी अनियमित बनाउनुका साथै शरीरमा इन्सुलिनको स्तर, तौल तथा फर्टिलिटी हर्मोनलाई समेत प्रभावित पार्ने हुदाँ यो पिसिओएसको तुलनामा धेरै खतरनाक रोग हो ।

कसरी थाहा पाउने ?

रोग बेग्लाबेग्लै भएपनि पिसिओएस र पिसिओडीको लक्षण भने प्राय एकै किसिमको हुन्छ । जस्तै, वर्षमा चार साइकल भन्दा कम पटक महिनावारी हुने, अण्डकोषमा ससाना दाना (ओभरीयन सिस्ट ) पलाउने हुन्छ ।

यस्तै तौल घटाउन वा बढाउन समस्या हुने, छाला चिल्लो हुने, पिम्पल्स हुने, चाँया, पर्ने , कपाल झर्ने, शरीरमा रौ पलाउने, बाझोपना, तल्लो पेट दुख्ने तथा थकावट महसुस हुने इत्यादी ।

के छ त उपचार ?

पिसिओएस र पिसिओडी दुवै जीवनशैली सम्बन्धित समस्या हो । गलत खानपान तथा शारीरिक गतिविधिको कमीका कारण यो रोग लाग्छ ।

समयमै उपचार नगरे यो रोगले जटिल समस्या निम्त्याउँछ । यसकै कारण महिलाहरुमा बाझोपनाको समस्या निम्तिन्छ । बच्चा कन्सिभ गर्न समस्या हुन्छ । त्यतिमात्र हैन, पिसिओएसबाट प्रभावित महिलामा गर्भपात हुने जोखिम पनि धेरै हुन्छ ।

जीवनशैली सुधारेर तथा खानपानमा ध्यान दिएर पिसिओएसको समस्यालाई कम गर्न सकिन्छ । यसको लागि कार्बोहाइड्रेट्सयुक्त खानेकुराको सेवन कम गर्नु पर्छ । परिणामस्वरुप, तौल कम हुनुका साथै महिनावारी नियमित हुन्छ । खानपान तथा जीवनशैलीमा सुधार ल्याउँदा पनि यो समस्या कम नभएमा एक पटक चिकित्सकलाई देखाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?