Comments Add Comment

चौतारी लघुवित्तको आईपीओ १९ गतेदेखि

११ मंसिर, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी १९ गतेदेखि आईपीओ आवेदन खुला गर्ने भएको हो ।

संस्थाले ५ लाख ६० हजार ७ सय कित्ता साधारण सेयर जारी गर्ने छ । संस्थाको आईपीओका लागि न्युनतम ५० कित्ताको आवेदन दिनु पर्नेछ भने अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

संस्थाको आईपीओका लागि मंसिर १९ देखि २३ गतेसम्म आवेदन दिन पाइनेछ । मंसिर १९ देखि छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि आवेदन माग गर्ने संस्थाले जनाएको छ ।

यसको ६ लाख कित्ता साधारण सेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको सेयरको साधारण निस्काशन गर्न लागेको हो ।

यसले संस्थापकबाट ६७.४७ प्रतिशत र सर्वसाधारण -कर्मचारी)समेतबाट ३२.२६ प्रतिशत गरी कुल १८ करोड ६० लाखको चुक्ता पुँजी पुराउने भएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा जम्मा १ करोड २ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको यो वित्तीय संस्थाले चालू आवमै ३ करोड ७३ लाख नाफा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment