Comments Add Comment

सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने

११ मंसिर, काठमाडौं । सरकारले सबै नागरिकलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउने कामलाई उच्च प्राथमिकता दिइएको दावी गरेको छ ।

राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले षोषणयुक्त खाद्यन्न सबै नागरिकलाई उपलब्ध गराउने कामलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताएकी हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले षोषणयुक्त खाद्यान्न सबै नागरिकलाई सहज ढंगले उपलब्ध गराउने विषयलाई नयाँ संविधानमा मौलिक हकको रुपमा उल्लेख गरेको पनि स्मरण गराइन् ।

आयोगकी सदस्य झाले संयुक्त राष्ट्र संघले घोषणा गरेको दिगो विकास लक्ष्य हासिल गर्न पनि नेपालले पोषणसहित नागरिकहरुको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका विषयको उचित व्यवस्थापनमा विशेष जोड दिएको पनि स्पष्ट पारिन् ।

नेपालमा अहिले पनि कुपोषणको शिकार हुने बालबालिकाहरुको संख्या उल्लेख्य छ । उनीहरुलाई पोषणयुक्त खाद्यन्न उपलब्ध गराउन राज्यले विभिन्न कार्यक्रम संचालन गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment