Comments Add Comment

हेयर केयरः कपाललाई यसरी मुलायम बनाउने

तपाईले अनुभव गर्नुभएकै होला, जति जति जाडो बढ्दैछ, कपाल उत्तिनै रुखो हुँदैछ । चाया पदैछ । हाँगा फाट्दैछ ।

त्यसै पनि यो मौसममा वातावरण सुख्खा हुन्छ । त्यसको असर छाला तथा कपालमा पर्ने नै भयो । त्यसबाहेक जाडोमा टोपी लगाइन्छ, यसले पनि कपाललाई असर गर्छ । अर्कोतिर जाडो याममा कपाल नुहाउन जाँगर चल्दैन । कतिपयले तातोपानीले नुहाउँछन् । यावत् कुराले कपाल रुखो हुन्छ, सुख्खा हुन्छ । यस्तो अवस्थामा कसरी कपालको सौन्दर्य बचाइराख्ने त ?

सधै तेल लगाउने

सामान्यतया, हामी नुहाउनुे बेलामा मात्र तेल लगाउने गर्छौ । फुर्सद भएको बेला नै तेल लगाउने गर्छौ । जसले गर्दा हामी सातामा दुई वा तीन पटक नै  तेल लगाउन सक्छौ ।

एक चम्चा तेल लगाएर पनि कपाललाई स्वस्थ राख्न सकिन्छ । तेल लगाउँदा जहिलेपनि कपालको जरामा तेल लगाउनु पर्छ, ताकी कपाल स्वस्थ रहोस् ।

तेल तताउने

सामान्यतया हामी कपालमा चिसो तेल लगाउँछौ । जबकी तेललाई मनतातो पानीमा राखेर पनि तातो बनाउन सकिन्छ ।

कपालमा तातो तेलको एक राम्रो विकल्प हुनसक्छ । आयुर्वेदिक सिद्धान्तका अनुसार तातो तेलको प्रयोगले कपाललाई स्वस्थ राख्नुका साथै टाउकोलाई आराम दिन्छ । दिमाग शान्त रहन्छ । तर ययस विधि सबैको लागि उपयोगी नहुनसक्छ ।

विशेषगरी टाउको दुख्ने समस्या, टाउको रातो दाग हुने तथा पित्त सम्बन्धि समस्या हुने व्यक्तिका लागि तातो तेल हानीकारक हुनसक्छ ।

घाममा नजाने

नियमित रुपमा तेल लगाउने व्यक्तिले सुर्यको प्रकाशमा जानबाट बच्नु पर्छ । साथै, कपालमा सिधै तेलको प्रयोग गर्नु हुँदैन । तेल लगाउँदा सिधै तालुमा लगाउनु पर्छ ।

एक चम्चा तेल मात्र प्रयोग गर्नु पर्छ । किनकी धेरै तेल लगाउँदैमा मात्र खासै फाइदा हुँदैन । बरु, धेरै तेल लगादाँ कपालमा धुलो, माटो टासिने, कपाल फोहर हुने तथा चायाँ र जुम्रा पर्ने सम्भावना धेरै हुने गर्छ ।

साथै, अत्याधिक चिल्लोपनाका कारण कपाल धुनु पर्छ । त्यसैले, आयुर्वेदलाई आधार मान्ने हो भने तेल लगाएर घाममा जानु हुँदैन जुन स्वास्थ्यका लागि खासै फाइदाजनक मानिदैन ।

चायाको समस्या

कपालमा चाया पर्ने व्यक्तिले नुहाउनु भन्दा एक  वा दुई घण्टा अगाडि टाउकोमा तेल लगाउनु पर्छ । तेल लगाउँदा तातो तेलको प्रयोग प्रभावकारी मानिन्छ ।

यसबाहेक, तेललाई सिधै तालु वा शिरमा लगाउनु पर्छ । र, तेललाई राम्ररी मसाज गर्नुपर्छ । यसो गर्दा कपालको चाया त हट्दैन । तर पनि कपाललाई लाभ भने अवश्य मिल्छ ।

टाउको दुख्ने समस्या

टाउको दुख्ने समस्या भएका व्यक्तिका लागि आयुर्वेदमा एक विशेष किसिमको विधि छ । उनीहरुले साँझको करिब ५-६ बजेतिर तेल लगाउनु पर्छ । साँझको समयमा तेल लगाउनाले  टाउकोलाई आराम मिल्छ । राम्रो निद्रा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment