Comments Add Comment

सरकारविरुद्ध उत्रिए सत्तारुढ विद्यार्थी, निजी कलेजको सम्बन्धन खारेज गर्न माग

११ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले निजी कलेजहरुलाई सम्बन्धन दिएको विषयलाई लिएर सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु सरकार विरुद्ध उत्रिएको छ ।

मन्त्रिपरिषद्को निर्णय विपरीति आर्थिक चलखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी कलेजहरुलाई सम्बन्धन दिलाएको भन्दै अनेरास्ववियुका नेताहरु कडारुपमा प्रस्तुत भएका हुन् ।

 संगठनका सचिवहरू अारती लामा, सुदेश पराजुली र र वसिम अालमले मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक रुपमा दिइएको सम्बन्धन तत्काल खारेज नगरे संसदीय समिति र अख्तियारमा समेत जानकारी गराउने चेतावनी दिएका छन् । उनीहरू  क्रमशः प्रदेश २, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का संयोजक समेत हुन् ।

शैक्षिक माफियाको चंगुलमा परेर सरकारले प्राविधिक शिक्षालाई व्यापार गर्ने उद्देश्यले दिएको सम्बन्धनले वामपन्थी सरकारको नियतमाथि नै प्रश्न उठाएको उनीहरुले बताएका छन् ।

सम्भाव्यता नगरी, पर्याप्त पूर्वाधार बिनै, प्राविधिक जनशक्ति नभएका निजी कलेजलाई आर्थिक चलखेल गरी सम्बन्धन दिइएको उनीहरुको आरोप छ ।

यसअघि आंगिक क्याम्पसहरुले वषर्ाैदेखि नयाँ विषय माग्दै निवेदन दिइरहेको भएपनि उक्त निवेदनमाथि सुनुवाई नगरी निजी संस्थालाई सम्बन्धन दिनुले समाजवादको यात्रा उल्टो तिर गइरहेको विद्यार्थींहरुले टिप्पणी गरेका छन् ।

गत साउन दोस्रो सता बसेको मन्त्रिपरिषद्को बैठकले निजी क्याम्पसलाई दिइने सम्बन्धन स्थगित गर्ने निर्णय गरेको थियो । तर, त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री ओलीको पत्रकार आधारमा ११६ निजी कलेजलाइ सम्बन्धन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment