Comments Add Comment

काठमाडौंका गाडीलाई चार दिन जोर विजोर प्रणाली

११ मंसिर, काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने गाडीहराई जोर विजोर प्रणाली लागू गरेको छ ।

उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले आवागमन व्यवस्थित बनाउन जोर विजोर प्रणाली लागू गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ देखि १६ गतेसम्म चार दिन काठमाडौंमा चल्ने गाडीहरुमा जोर विजोर प्रणाली लागू हुनेछ । मंसिर १३ र १५ गते नम्बर प्लेटको अन्तिमको अंक विजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधनमात्र चल्न पाउनेछन् । अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोरविजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।

युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंको ह्यात रिजेन्सीमा एशिया प्यासिफिक समिट हुन लागेको छ । आयोजकका अनुसार उक्त कार्यक्रममा ७ देशका राष्ट्र/सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार बिहीबार अर्थात मंसिर १३ गते नेपालमा म्यान्मारकी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउँदैछन् ।

उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले उनीहरु कुनै कार्यक्रममा सहभागी हुनेबारे भने जानकारी गराएको छैन । उनीहरु सद्भावना भ्रमणका लागि आउने मात्र उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment